Darjeeling Development Committee Meeting
Darjeeling Development Committee Meeting

दार्जीलिङलाई लिएर मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीको बैठकमा विष्ट

Share this news

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले विज्ञप्तिमा जनाए अनुसार हिज नबन्ना, कोलकातामा माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीको अध्यक्षतामा एउटा अति महत्त्वपूर्ण बैठकमा भाग लिए। यो पहिलो औपचारिक बैठक थियो जसमा पश्चिम बङ्गालका माननीय मुख्यमन्त्री, र पश्चिम बङ्गाल सरकारले हाम्रो क्षेत्रका लागि भारत सरकारका प्रतिनिधि एवम् इन्टरलोक्युटर श्री पंकज कुमार सिंहका साथ भेट गरे। यहाँ स्मरण गराइन्छ कि भारत सरकारले दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रसँग सम्बन्धित वार्तालाई अगाड़ि बढ़ाउन इन्टरलोक्युटर नियुक्त गरेपछि पनि ममता ब्यानर्जीको नेतृत्ववादी टीएमसी सरकारले ठाड़ै प्रतिकूल अड़ान लियो अनि वार्ताको मार्गलाई अगाड़ि बढ़ाउन बारम्बार अस्वीकार गऱ्यो। मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीले आश्वस्त गर्नुभएको छ कि राज्यको बीजेपी सरकारले वार्ताको प्रक्रियामा पूर्ण सहयोग गर्नेछ, अनि हाम्रो क्षेत्रका लागि एउटा संवैधानिक समाधान खोज्नका लागि सकारात्मक ढङ्गले काम गर्नेछ। यससँगै, वार्तामा तीव्रता ल्याइनेछ, अनि मलाई पूर्ण विश्वास छ कि सबै स्टेकहोल्डरहरूले सहयोग गर्नेछन् र अगाड़ि बढ़्नका लागि एकबद्ध भएर काम गर्नेछन्। म, दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताको तर्फबाट माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी, माननीय गृहमन्त्री श्री अमित शाहज्यू, माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारी, भारत सरकार अनि पश्चिम बङ्गाल सरकारले यस मुद्दालाई सर्वोच्च स्तरको प्राथमिकता दिँदै ध्यान केन्द्रित गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस बैठकमा पश्चिम बङ्गालका मुख्य सचिव श्री मनोज कुमार अगरवाल, माननीय मुख्यमन्त्रीका सल्लाहकार डा. सुब्रत गुप्ता, पश्चिम बङ्गालका गृह एवम् पर्वतीय मामिला सचिव अनि पुलिस महानिदेशकको उपस्थिति थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ