Raju Bista political blame Darjeeling
Raju Bista political blame Darjeeling

सांसद बिष्टद्वारा तृणमूल प्रशासनले सन्त्रासकारी रणनीति थालेको आरोप

Share this news

दार्जीलिङ लोकसभा क्षेत्रका सांसद एवं भारतीय जनता पार्टी राष्ट्रीय प्रवक्ता, राजु बिष्टले तृणमूल काँग्रेस प्रशासनले एकपटक फेरि विपक्षी कार्यकर्ताहरूमाझ डर अनि त्रास फैलाउनका लागि सन्त्रासकारी रणनीति प्रयोग गर्न थालेको आरोप लगाएका छन्। बितेको राति, दार्जीलिङ पुलिसले बीजेपी युवा नेता सुपेन्द्र प्रधानलाई दार्जीलिङका विधायक उम्मेदवार नोमन राईका लागि चुनाउ प्रचार गरिरहेको बेलामा पक्राउ गरेको छ। उहाँलाई २०१६ को एउटा मुद्दाको सम्बन्धमा पक्राउ गरिएको छ।

हामी कानूनी व्यवस्थाको पूर्ण सम्मान गर्दछौँ, तर चुनाउ प्रचार अभियानको मौका पारेर १० वर्ष पुरानो मुद्दाको आधारमा विपक्षी कार्यकर्ताहरूमाथि मात्रै कारबाही गरिनु, र सताइनुले तृणमूल काँग्रेस अनि उसको पुलिस राजनीतिक अवसरवादमा लिप्त भएको स्पष्ट रूपमा देखाउँछ। यो पनि एक कारण हो जसका कारण हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताले तृणमूल काँग्रेसलाई कड़ा रूपले अस्वीकार गरेका छन्। २०१७ को गोर्खाल्याण्ड आन्दोलनपछि, टीएमसी-को क्रुर सत्तामुनि हामी पीड़ित हुँदै आएका छौँ। हाम्रा दाजुभाई-दिदीबैनीहरूलाई झुट्टा आरोपहरूमा गिरफ्तार गरिए, अनि तिनीहरूले हाम्रा वृद्ध आमाबाबाहरूलाई लगातार सास्ती दिइरहे। यसप्रकारको उत्पीड़न आजसम्म जारी छ। यो स्पष्ट छ कि टीएमसी सत्तामा रहुञ्जेल कुनैपनि गोर्खा सुरक्षित छैन।

सांसद बिष्टले, तृणमूल काँग्रेस प्रशासनद्वारा अपनाइएको यस्तो षड़यन्त्रपूर्ण रणनीतिको कड़ा भर्त्सना गरे। उनले तृणमूल काँग्रेसीहरूलाई स्मरण गराउँदै, गोर्खाहरू यस्ता क्रुर रणनीतिद्वारा कहिल्यै पनि न डराएका छैनन् औ न डराउने बताए। सांसद बिष्टले, हामी झनै दृढ़ विश्वासका साथ अगाड़ि बढ़्ने बताए। उनले सुपेन्द्र एकलो हुनुहुन्न, हामी सबै उहाँसँग एकबद्ध भएर उभिएका छौँ भन्दै सांसद बिष्टले, एक गोर्खा अनि एक सांसद हुनाको नाताले, सुपेन्द्र प्रधानका लागि न्याय सुनिश्चित गर्नका लागि आफ्नो साहस र अधिकार क्षेत्रभित्र सबै कार्यवाही गर्ने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ