गोर्खा चेलीमाथी अत्याचार भएकोमा पहाड किन मौन : एलएम लामा

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): बंगालमा बारम्बार भइरहेको हत्या,हिंसा र बलात्कार माथि पहाडका राजनैतिक दल अनि नारीवादी संस्थाहरु मुकदर्शक बस्नु साह्रै लाचारीपन हो भनी भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष  तथा प्रवक्ता एलएम लामाले भनेका छन्। लामाले भनेका छन्, बंगालमा बारम्बार महिलाहरुमाथि बलात्कार, हिंसा, हत्या र उत्पीडन भइरहेको छ। बंगालमा दिदीबहिनीहरुका सुरक्षा छैन। गत साल कोलकाता, आरजी कर हस्पिटल-मा नारी डाक्टरको बलात्कार अनि हत्या भयो। भर्खरै कोलकाता,कसबाको कानुन कलेजमा छात्रामाथि सामुहिक बलात्कार भयो। सन्देशखालीमा महिलाहरुमाथि चरम अन्याय र अत्यचार गरियो। मुर्शिदाबादमा हिन्दु महिलाहरुमाथि उत्पीडन भयो।केही वर्ष अघि मतिगडामा नेपाली गोर्खा विद्यार्थी छोरीको बलात्कारपछि हत्या भयो। भक्तिनगर थाना अधिनस्थ एकजना डुवर्सकी गोर्खा चेलीको हत्या भयो। हाम्रो पहाड पनि यस्ता घटनाहरुदेखि साह्रै अछुत छैन भने बंगाल राज्य त अहिले यस्ता महिला हत्या र उत्पीडनका घटनाहरुमा चर्चित राज्य भएका छन्। यस्तो स्थितिमा दार्जीलिङ पहाडमा सबै चुपचाप छन्। एउटा जनाक्रोशको आवाज छैन। सबै  मुकदर्शक बसेका देखिन्छन्। पहाडमा कार्यरत राजनैतिक दलहरु पनि ममता बेनर्जी सरकारको डरले हो कि सरकारसितै गोप्य सम्बन्ध राखेकोले हो। उनले भने, यस्ता घटनाहरु बारे बोल्ने साहससम्म गरेको छैन। धिक्कार जनाएर एउटा पोस्टर टाँस्नेसम्म आँट गरेको छैन। पहाडमा आफ्नै दाजु-भाइलाई धम्की दिनु भने डक्टरेट गरेकाहरु प्रशस्तै छन्। के पहाडको राजनैतिक दलहरुभित्र नारी दिदीबहिनीहरु छैनन्? नारी संगठनहरु छैनन्, छन् भने किन चुँई बोल्दैनन्? के गोर्खा स्वाभिमानी साहस शिथिल भइसक्यो  हामी बीर जातिदेखि डरपोक बनि सक्यौं ? लामाले प्रश्न राखे। लामाले अझ भनेका छन्, भाजपासित मिलेर बोल्नुपर्छ भन्ने छैन। होइन। तर आफ्नै मञ्चबाट पनि यस्ता असमाजिक र अपराधी कर्महरुको धिक्कार जनाउनुपर्ने हो ,नैतिकता पनि हो। तर खोई ,कहाँ छन् नारी जडित संघ संस्थाहरु पनि , के कुनै महिलामाथि हुने बलात्कार र हिंसामाथि  बोल्ने साहससम्म यी नारी संगठनहरुमा छैन, पहाडमा के कुनै दिदीबहिनीहरुलाई यस्ता घटनाहरुले मनमा लाग्दैन, चोट पुग्दैन ? राजनीतिदेखि फरक बसेर आफ्नै वर्गमाथि भइरहेको अन्यायमाथि आवाज उठाउनु कसैले सक्तैनन्  यति लाचारीपन किन छन् हाम्रा दिदीबहिनीहरु, यस्तो घटनाहरुमाथि धिक्कार र निन्दा गर्नु  दिदीबहिनीहरु लगायत उनीहरुका संस्थाको नैतिक कर्तव्य होइन र ? के दिदीबहिनीहरुका कोमल संवेदनशील हृदयहरु सबै जिद्दी मुख्यमन्त्रीले हडप् गरेर थर्कमान भइसके सहानुभूतिहरु, पहाडका दिदीबहिनीहरु किन चुपचाप छन्। के यस्तो चरित्र र घटना हाम्रो पहाडमा हुँदैन भन्ने कुनै ग्यारेन्टी छ ? कोलकातामा घटेको घटना हो। पहाडलाई के को खसखस, भनेर प्रतिवाद नगर्नु हो भने सामाजिक नेत्रीहरु र राजनैतिक नेताहरुका लाचारीपनलाई आफै धिकार्नु होस्। यस्तो हत्या, हिंसा र बलात्कार जस्तो घटनाहरुले कुनै चोट नपुग्ने र चेत नखोलिने पहाडको मौनतालाई बंगालको सचेत समाजले मात्र होइन देश-विदेशका सबैले हेरिरहेको छ। पहाडभित्र मात्रै हुँकार गर्ने तर छोरी मान्छेको इज्जत र  मानवतामाथि आक्रमण हुँदा चकमन्न देखिने  पहाडको हुतिहारापन साँच्चै लाजमर्दो छ।
 उनले भने, भाजपा सबैलाई अपील गर्छौ यस्ता सामाजिक अपराधमूलक घटनाहरु बारे निन्दा प्रकट गरौं। जिउँदो लाश नबनौं। महिलामाथि हुने बलात्कारजन्य अपराध राजनैतिक समस्या मात्रै  होइन। यो सर्वोपरि सामाजिक समस्या हो। सामाजिक उत्पीडन हो।  गणतन्त्रमा अन्यायको विरोधमा आवाज उठाउने सबैको अधिकार छ। बरु, आवाज दवाउने कसैलाई अधिकार छैन। सरकार कुनै पनि होस्। पशुलाई पनि बारम्बार यातना दिइयो भने रक्षाको लागि प्रतिरोध गर्ने साहस उठाउँछ भने मानव एउटा शिक्षित, सचेत र साहसी जाति र प्राणी हौं। तर न्यायको आवाज उठनुपर्छ। उठाउनुपर्छ। भाजपाले आफ्नो जातिको राजनैतिक मुद्दासंगै समाजमा घटेका कुनै पनि हत्या,हिंसा र उत्पीडनमाथि आवाज उठाउनेछ। अनि उठाउनु कसैसित डर मान्ने छैन भनी भारतीय जनता पार्टी, दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष तथा प्रवक्ता एल एम लामा भनेका छन्।
 
Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ