कस्तो पवित्र,रगतको सम्बन्ध
जसलाई मृत्युले पनि अलग गर्न सकेन,
आफ्नो पुत्रलाई मृत्युको मुखसम्म पनि
छात्तीमा टँसाई राख्ने आमा,
साथ नछोड्ने आमा,
कस्तो माँया, कस्तो स्नेह,
आज यो माँया सँग मृत्यु हाय्रो,
त्यो कहालीलाग्दो क्षण,कति अट्टहास पूर्ण थियो होला,
मृत्युलाई नजिकबाट हेरेर पनि
नदेखे झै गर्ने बाध्यता,
मनोरञ्जन भएर आएको
कस्तो निष्ठुर काल त्यो
आफ्नो भन्दा बढी पुत्रको माँया
त्यो अन्तिम अँगालो कहाँ खकुलो थियो र!
जसलाई मृत्युले पनि टाढा गर्न सकेन।
आमाको माँयाले जित्यो मृत्युलाई,
साँच्चै मृत्युमाथि मृत्यु हारेको
कस्तो कहालीलाग्दो, मार्मिक क्षण…..!!!
-मनोहर शर्मा ‘अविनाश’
छोटा टिङलिङ,मिरिक।












