Bimal Gurung visit Kalimpong
Bimal Gurung visit Kalimpong

फूबसेरिङ पान्दम समष्टिको पान्दममा मोर्चा अध्यक्ष बिमल गुरुङको भ्रमण

Share this news

फूबसेरिङ पान्दम समष्टि अन्तर्गत पान्दम चिया बगानमा मोर्चा अध्यक्ष बिमल गुरुङ ज्युले भ्रमण गर्नु भयो। भ्रमणका क्रममा स्थानीय बासिन्दाहरूले आफ्ना विभिन्न समस्या र गुनासोहरू प्रत्यक्ष रूपमा मोर्चा अध्यक्ष अघि राखे। अध्यक्ष गुरुङले ती समस्याहरूको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अचनाक गरिएको पान्दम भ्रमण को क्रममा मोर्चा अध्यक्ष बिमल गुरुङ ज्युले १९८६ मा स्वर्गीय सुवास घिसिङ ज्युको नेतृत्वमा लडिएको गोर्खाल्याण्डको आन्दोलन काल अनि २००७ गोजमुमो को स्थापना कालका साथीहरू अनि सहयोगी परिवारहरू संग पनि भेटघाट गरे ।

आजको यस भ्रमण अवधि पान्दम चिया कमान अन्तर्गतका गोजमुमो, गोरामोमो अनि भाजपा का प्रतिनिधिहरूको पनि साथ रहेको थियो । यसअघि गठबन्धनको धर्म निर्वाह गर्दै बिधान सभा चुनाउ २०२६ कालेबुङ का भाजपा गठबन्धन उम्मेदवार श्रीमान भरत छेत्रीलाई बिजय गराउन मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ लागि परेको छ !

आफ्नो समर्थकहरूलाई चुनावी मैदानमा गठबन्धन दलका कार्यकर्ता संग तालमेल मिलाएर एक भएर अघि बढ्दै यसपटक को बिधान सभा चुनाउमा बिजय हासिल गर्ने आवहन गरे ! आज अचनाक डुवर्सको यात्रा तर्फ लागेका मोर्चा अध्यक्षले केहि क्षण गोरूबथान गोजमुमो को पार्टी कार्यालयमा पसेर ४३ नम्बर समष्ठि जोन १ अनि जोन २ का प्रतिनिधि लगायत बिभिन्न संग संस्था साथै गाउँ समाजका प्रतिनिधिहरू संग भेटघाट गरी चुनावी सरसल्लाह समेत गरे !

मोर्चा अध्यक्ष भन्छन् : यसपटक कालेबुङ बिधान सभाका उम्मेदवार गोर्खाहरूको गौर्व भरत छेत्री बिधायक उम्मेदवार मात्र नभएर उनी भारतीय राष्ट्रिय खेल हक्की का भूतपूर्व कप्तान पनि हुन जसको अगुवाइ मा भारत देशले ओलम्पिक समेत खेलेका थिए ! सायद बिगतमा हामीले उनको योगदान प्रति सम्मान गर्न नसकेको बताए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ