हिंस्रक बन्दैछन् खरसाङका बाँदरहरू

Share this news

खरसाङ, 1 जुलाई (निसं)ः खरसाङका बाँदरहरू हिंस्रक बन्दैछन्। शहरमा बाँदरको उपद्रव यथावत रहेको छ भने मानिसहरूमाथि बाँदरको आक्रमणमा वृद्धि भएको, बाँदरले परेवा, भँगरो जस्ता पक्षीहरू मारेर खान थालेको मानिसहरूको गुनासो छ। खरसाङ महकुमा अस्पताल वरिपरि, वर्द्धवान रोडमा रहेका बाँदरहरूले समय-समयमा मानिसमाथि झम्टिने गरेको, आक्रमण गर्ने गरेको गुनासोहरू प्राप्त भएको छ। खरसाङको राष्ट्रिय राजमार्ग 110 को पुरानो बाटा शो-रुम अघि केही दिन अघि एउटा बाँदरले परेवार मारेर खाइरहेको दृश्य धेरैले देखेका थिए। उक्त बाँदरले परेवार मारेर परेवाको अधा जति भाग खाइसकेको थियो। बाँदरले परेवार खाएको धेरैले त्यस स्थानमा हेरिरहेका थिए। यो दृश्य देखेर धेरैले आश्‍चर्य प्रकट पनि गरिरहेका थिए। उक्त बाँदरले परेवा मारेर हातमा बोकेको थियो भने समय समयमा चिथोरेर खाइरहेको थियो। एउटा बिल्डिङमा चड़ेर रेलिङमा बसेर परेवा खाइरहेको अवस्थमा बिल्डिङका मानिसहरूले भित्रबाट धपाएपछि परेवाको आधा शरीर त्यही छोड़ेर बाँदर भागेको थियो। यसै गरी खरसाङ अस्पतालको मुन्तिर पर्खालमा पनि एउटा बाँदरले भँगेर मारेर खाएको देखिएको मनिसहरूले बताएका छन्। ज्ञात रहोस खरसाङमा बाँदरबाट हुने समस्या वर्तमानमा सृजना भएको होइन, खरसाङमा बाँदरहरू मानिसहरू संगै आवशीय क्षेत्रमा बस्ने गर्छन्। शहरको विभिन्न स्थानमा फालिएको खाने कुरो खाने गर्छन्, फोहोर-मैला फालिने स्थानमा खाना खजेर खाने गर्छन्, यतिले पनि नपुगेपछि दोकानहरूबाट चरेर आफ्नो पेट भर्ने गर्छन्। यस्ता बाँदरहरू मध्ये कतिपय अटेरी स्वाभावका छन्, जसले मानिसहरूलाई नटेर्ने, झम्टिने गरेको पाइएको छ। खानेकुरो नपाएर हो अथवा अन्य कुनै कारणले यसरी बाँदरले परेवा अनि भँगेरो मारेर खाएको दुर्लभ दृश्यहरू भने खरसाङमा देखिन थालिएको छ। बाँदरले यसरी परेवा, भँगेर मारेर खाएको घटना अधि नदेखिएको धेरै मानिसहरूले बताएका छन्।


Share this news
आजको रोजाइ
एडवर्ड्स फाउण्डेशनद्वारा श्रद्धा यात्राको शुभारम्भ

एडवर्ड्स फाउण्डेशनद्वारा श्रद्धा यात्राको शुभारम्भ

गोर्खा रैथाने हाटद्वारा बेरोजगार लाभान्वित

गोर्खा रैथाने हाटद्वारा बेरोजगार लाभान्वित

क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती