गुम्बा तल्लो तलामा रेस्तुराँ खोल्ने कुराले गुम्बाद्वारा आपत्ति 

Share this news

दार्जीलिङ,3 जनवरी(निसं): दार्जीलिङ सहरवीच रहेको गरिमामय मनकाजी म्हेम्हे गुम्बाको तल्लो तलामा रेस्टुराँ खोल्ने कुराले गुम्बा सञ्चालक समिति माझ असन्तुष्टि छाएको छ। यदि गुम्बाको तल्लो तलामा रेस्टुराँ खोल्छ भने त्यस कार्यको गुम्बाले बृहत रुपमा प्रतिवाद जनाउनेछ भनी गुम्बा सञ्चालन समितिले बताएकोछ। यसबारे जानकारी दिँदै गुम्बा सञ्चालन समितिका प्रमुख म्हेहेले बताए अनुसार, गुम्बाका पहिलेका म्हेम्हेद्वारा एक जना आमालालाई बस्नको निम्ति गुम्बाको तल्लो तलामा आश्रय दिएका थिए तर अहिले आमालाका परिवारले त्यस कोठालाई पसलमा परिवर्तन गर्दै रेस्टुराँ बनाउने प्रक्रिया भइरहेकोमा मनकाजी मेमे गुम्बा सञ्चालक समिति साथै गुम्बा सञ्चालक प्रमुखले आपत्ति जनाएका हौ। दार्जीलिङ शहरवीच एमपी रोड क्षेत्रमा रहेको मनकाजी म्हेम्हे गुम्बा सञ्चालन समिति सदस्यहरू साथै गुम्बा सञ्चालक प्रमुख म्हेम्हेले पत्रकारहरुसितको सम्बोधनमा भने अनुसार, यो शहरवीचको मनकाजी म्हेम्हे गुम्बा एक पवित्र अनि धेरै पुरानो गुम्बा हो। यहाँ बौद्ध साथै हिन्दू धर्म का मानिसहरूले पूजा-अर्चना गर्न आउने गर्छन् ,यो एउटा पवित्र स्थल हो। तर यस गुम्बाको तल्लो तालामा गुम्बाका म्हेम्हेले एकजना आमालालाई बस्नको निम्ति कोठा दिएका थिए, जसको भाराको रूपमा आमालाले 3 सय रुपैयाँ दिने गर्थे। समय बित्दै गएपछि त्यहाँ बस्ने आमालाईको स्वास्थ्य बिग्रेपछि उनकी छोरीले उनलाई लगेर गए, त्यसपछि आमाला बस्ने तलालाई उनीहरुले अन्य मानिसहरुलाई सञ्चालनमा दिएका थिए। त्यस समयसम्म ठिकै रहेको थियो, तर हाल उनीहरुले त्यस तलामा जसमा मासु जाड-रक्सी समेत बिक्री गर्ने रेस्तुराँ खोल्ने जानकारी छ। यस प्रकारको गुम्बालाई अपवित्र बनाउने खाने कुराहरु बिक्री गरेपछि गुम्बाको गरिमा साथै पवित्रतामा अपवित्रता थपिनेछ। यो निर्माण कार्यलाई गुम्बाको तर्फबाट आपत्ति जनाउँदछौँ। गुम्बा सञ्चालन समितिका म्हेम्हेले बताएअनुसार, आमालाका परिवारले उल्टा गुम्बामाथी मुद्दा पनि लगाएकोले हाल यस मुद्दाको कारबाही अदालतमा चलिरहेको छ। अदालतले पनि त्यस स्थानमा आमालालाई बस्न मात्र दिने निर्देश दिएको छ तर कुनै प्रकारको दोकान चलाउने भन्ने उल्लेख गरिएको छैन। गुम्बाको आपत्ति छ कि त्यस तलामा आमालाई आएर बस्दा ठिकै छ तर गुम्बालाई अपवित्र बनाउने सामग्री बिक्री हुने रेस्तुरा खोल्न दिने छैनौ। उनीहरूले अटेरी गरेर त्यस्तो दोकान वा रेस्तुराँ खोल्छ भने गुम्बाले अन्य संघ-संस्थाहरूसित सम्पर्कमा रहेर विराट रूपमा आपत्ति साँच्चै साथै विरोध जनाउने बाध्य हुनेछौं। गुम्बाको जानकारी अनुसार आमाला बस्ने तलामा उनका परिवारले गुम्बालाई कुनै प्रकारको सूचना नदिई रेस्तुराँ खोल्ने काम गरिएकोमा पनि गुम्बाको आपत्ति छ। यस प्रकारको अवैध कार्य गरेर पनि आमालाका परिवारले उल्टा गुम्बालाई नै अदालती मुद्दा लगाएकोमा गुम्बा सञ्चालन समिति अति दुःख प्रकट गर्दछौं।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ