प्रवासी मामिला विभागकी सचिव सुप्रिया रङ्गनाथनलाई बजगाईँको पत्र

Share this news

खरसाङ,  (निसं)ः खरसाङका विधायक विष्णु प्रसाद शर्मा उर्फ बीपी बजगाईँले मध्य पूर्वको देशहरूमा रहेका हजारौँ भारतीय नागरिकहरूको सुरक्षालाई शुनिश्चित गरियोस भनी माग गरेका छन्‌‍। उक्त माग गर्दै तिनले भरत सरकारको विदेश मन्त्रालय अन्तर्गत रहेको प्रवासी मामिला विभागकी सचिव सुप्रिया रङ्गनाथनलाई पत्रचार गरेका छन्‌‍।बजगाईँले यस बारेमा जानकारी गराउदै भनेका छन्‌‍, वर्तमानमा इरान, इज्राइल अनि अमेरिकामाझ मध्य पूर्वमा चलिरहेको लगतार विध्वंशक आक्रमणको कारण त्यहाँ रहेका हजारौँ भारतीय नागरिकहरूको सुरक्षा र कुशलताको विषया म चिन्तित छु।

वर्तमानमा इरानमाथि लगतार आक्रमण भइरहेको छ, इरानले पनि निरन्तर इज्राइल अनि अमेरिकन महत्वका स्थानहरूलाई लक्ष्य गरेर मिजाइल अनि ड्रोन आक्रमण गरिरहेको छ। इरान, इज्राइल, युएई, आबुधाबी, कतार, साउदी अरबीया, कुवेत, बहरीनका मुख्य हवाई अड्डा बन्द गरिएका छन्‌‍ वा त कठोर निषेधाज्ञ लागु गरिएको छ। यसको कारण धेरै संख्यामा भारतीय प्रवासी कामदार, विद्यार्थी, पेशेवार व्यक्ति अनि तिनीहरूका परिवारका सदस्यहरू सुरक्षित फर्कन सकिरहेका छैनन्‌‍। तिनीहरू मध्ये धेरैले खानाको अभावको सामना गर्न परिरहेका छन्‌‍, सुरक्षित आवास, स्वस्थ्य उपचारको सामना गर्न परिरहेका छन्‌‍। तिनीहरूको सुरक्षाको खतरा बढ़िरहेको छ।

बजगाईँले अघि भनेका छन्‌‍, यस बारेमा मैले मेरो विधानसभा समष्टि क्षेत्रका सम्बन्धित अनि परिवारका सदस्यहरूबाट यसको जानकारी प्राप्त गरेको छु। जसमा युएईमा घाइते बनेका एक भारतीयको जानकारी पनि मसित छ। यस्तो संकटको अवस्थमा भारत सरकारले आफ्नो नागरिकहरूको सुरक्षाको निम्ति उल्लेख योग्य कार्य गरेर सफलता पूर्वक अभियान चलाएको इतिहास छ। यसैले म विदेश मन्त्रालयसित निवेदन गर्दछु कि यसको निम्ति उपयुक्त कदम अठाइयोस्‌‍। बजगाईँले यस दिशामा कार्य गर्नको निम्ति सुझाउहरू पनि प्रस्तुत गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ