बिजनबारीलाई सानो-सानो ब्लकमा परिणत गर्नु एमएलए पठाउनु पर्छ:अनित थापा

Share this news

दार्जीलिङ,21 जनवरी(निसं): बिजनबारीलाई सानो-सानो ब्लकमा परिणत गर्नु हो भने बिजीपीएम-को एमएलए पठाउनु पर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम)-का अध्यक्ष अनित थापाले भनेका छन्।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले दार्जीलिङ महकुमा अन्तर्गत का समष्टिका नेतृत्व अनि कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई जारी राख्दै चुङथुङ-मेरीबुङ समष्टिका कार्यकर्ताहरुसँग भेटघाट गरे। आफ्नो सम्बोधनमा उनले आगामी चुनाउलाई केन्द्रमा राखेर भने, हामीलाई यसपाली हाम्रो क्षेत्रबाट आफ्नै एमएलए पठाउनु पर्छ। सरकारकाे पक्षमा बोल्ने एमएलए पठाउनु पाए उसले भनेको कुरा सरकारले पनि सुन्छ अनि काम पनि गर्छ।
उदाहरण दिँदै उनले भने, बिजनबारी ठूलो ब्लक हो। यसलाई विभाजन गर्नुपर्छ। यो हाम्रो पुरानो माग हो।तर कुरा विधानसभामा राख्ने हाम्रो आफ्नो एमएलए छैन। यदि हाम्रो आफ्नै एमएलए भएको भए आज बिजनबारी सानाे-सानो ब्लकहरुमा परिणत भई सकेको हुनेथ्यो।
थापाले यसपाली चुनाउमा बिजनबारीलाई सानाे-सानो ब्लकहरुमा परिणत गर्नु भोट गर्ने अपील गर्दै भने, यदि माग पूरा भएको हेर्नु चाहन्छ भने सरकारकाे पक्षमा बोल्ने एमएलए पठाउनु पर्छ। उनले थपे, मैले पहाडमा शान्ति ल्याउँछु भने। आज पहाड शान्त छ। गणतन्त्र को वातावरण छ। मैले पञ्चायती व्यवस्था फर्काउँछु भने। फर्काएर ल्याए। अब विजन बारी लाई सानो सानो ब्लक हरुमा परीणत गर्नेछु। तर एमएलए हाम्रो पठाउनु पर्छ।
थापाले कार्यकर्ताको जोश बढाउँदै भने,  हामी चुनाउ जित्नेछौ। पार्टी लसँग सम्बन्धित जुन जुन संगठनहरु छन्, चुनाउ लड्दा सबैले एक हुनु पर्छ। एक भएर सोच्नु पर्छ अनि हिँड्नु पर्छ।त्यसरी नै सभालाई सम्बोधन गर्ने क्रममा विजय कुमार राईले काव्यात्मक शैलीमा भने, म भाइरल हुन चाहन्नँ, म समान हुन चाहन्छु।
उनले प्रसङ्गलाई खोल्दै भने, आजको समय भाइरल संस्कृतिले चलिरहेको छ। एक क्षणको ताली, केही लाइक र शेयर, अनि क्षणभरमै हिरो बनाइने र फेरि त्यत्तिकै छिटो बिर्सिने युग हो यो। तर भाइरल हुनु सफलता होइन, त्यो केवल क्षणिक ध्यान हो।साँचो मूल्य भनेको सन्तुलन हो, विचारमा, व्यवहारमा र कर्ममा। उनले अझ विस्तारमा भने,इभन वा समान हुनुको अर्थ हो,न सुखमा अति उफ्रिनु,न दुःखमा पूर्ण रूपमा ढल्नु।न प्रशंसाले अन्धो हुनु,न आलोचनाले विचलित हुनु।भाइरल हुन चाहनेले भीड खोज्छ, इभन हुन चाहनेले सत्य रोज्छ।
भाइरल बन्न शब्द चर्को हुनुपर्छ,इभन बन्न विचार बलियो हुनुपर्छ।इतिहासले भाइरल पात्रहरू सम्झिँदैन,इतिहासले सन्तुलित, धैर्यवान् र निरन्तर कर्म गर्नेहरूलाई मात्र स्मरण गर्छ। उनले भने,आज म ट्रेन्ड होइन, ट्र्याक चाहन्छु।आज म हल्ला होइन, आधार चाहन्छु।आज म नाम होइन, काम चाहन्छु।किनकि भाइरल आगो जस्तै हो —छिटो बल्छ, छिटो निभ्छ।तर इभन हुनु दियो जस्तै हो,शान्त, स्थिर र अँध्यारोमा पनि उज्यालो दिने। त्यसैले,म भाइरल हुन चाहन्नँ।म सधैं समान, सन्तुलित र जिम्मेवार रहन चाहन्छु, राईले भने।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ