Noman Rai political meeting Darjeeling
Noman Rai political meeting Darjeeling

नवनिर्वाचित विधायक नोमन राईलाई गोरामुमो केन्द्रीय कार्यालयमा स्वागत

Share this news

हालै सम्पन्न विधानसभा निर्वाचनमा विजयी भई नवनिर्वाचित विधायक बनेका नोमन राई आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) को केन्द्रीय कार्यालय, दार्जीलिङमा शिष्टाचार भेटका लागि उपस्थित भएका थिए। उक्त अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङले नवनिर्वाचित विधायक राईलाई खदा अर्पण गर्दै भव्य स्वागत गर्नुका साथै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

भेटघाटका क्रममा अध्यक्ष मन घिसिङले श्री राईको निर्वाचन विजयलाई जनताको विश्वास, परिवर्तनप्रतिको आशा तथा क्षेत्रीय विकासप्रतिको जनसमर्थनको प्रतिफलका रूपमा व्याख्या गर्दै जनअपेक्षा अनुरूप इमानदार, उत्तरदायी र विकासमुखी नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित विधायक नोमन राईले गोरामुमो केन्द्रीय कार्यालयमा आफूलाई प्रदान गरिएको आत्मीय स्वागतप्रति आभार व्यक्त गर्दै जनताको विश्वासलाई सम्मान गर्दै दार्जीलिङ क्षेत्रको समग्र विकास, जनसरोकारका विषय र स्थायी राजनीतिक समाधानका निम्ति प्रतिबद्ध भएर कार्य गर्ने बताएका छन्।

उक्त शिष्टाचार भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। भेटघाटका क्रममा समसामयिक राजनीतिक विषय, क्षेत्रीय जनसमस्या, विकासका प्राथमिकता तथा दार्जीलिङ पहाडको भावी राजनीतिक दिशाबारे समेत सकारात्मक छलफल भएको बताइएको छ। उक्त जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ