2007 मा छैटौँ अनूसूचीको विरोध गर्नेले अहिले छैटौँ अनुसूची सही थिएछ भन्दैछन्‌ः निरज जिम्बा

Share this news

खरसाङ, (निसं)ः भारत देशका गोर्खाहरूको निम्ति 22 अगस्त अनि 23 अगस्ट महत्त्वपूर्ण दिन हो । 22 अगस्त 1988 को दिन गोर्खा अकर्ड भएको ऐतिहासिक दिन हो, यो भारतीय राजनीतिमा पनि महत्त्वपूर्ण दिन हो। यो खेलाइची विषय होइन, भारत सरकारलाई सुवास घिसिङले घुड़ा टेकाएको दिन हो। खरसाङ्मा सम्पन्न भएको गोर्खा अकर्ड डे एवं नागरिकता स्पष्टिकरण दिवस कार्यक्रममा प्रमुख रुपमा उपस्थित दार्जीलिङ्का विधायक एवं गोरामुमो सेक्रेटेरी जेनरल निरज जिम्बाले उक्त मन्तव्य आफ्नो वक्तव्य राख्दै प्रकट गरेका हुन्‌‍। जिम्बाले अघि भने, दार्जीलिङ गोर्खा हिल काउन्सिल गोर्खाहरूको एउटा खतियन भएको किपट हो, यो क्षेत्र बंगालबाट चर्काइएको हो, भारतको संविधान अन्तर्गत धारा 243(एम) मा सुरक्षित छ यो क्षेत्र, हामी सुरक्षित छौँ। यो सुवास घिसिङ्को योगदान हो । तिनले 2007 मा छैटौँ अनुसूचीलाई विरोध गरेर गल्ती गरिएको दावी गर्दै भने, 2007 मा जुन व्यक्तिले विरोध गरेका थिए, आज उनै व्यक्तिले भारतको गृहमन्त्रालयलाई हामीले गल्ती गर्यौँ छैटौँ अनुसूची सही थिएछ भनेर भन्दैछन्‌‍। सुवास घिसिङले गोर्खाहरूको निम्ति सबै विषय एउटा व्यवस्थित ढङ्गले निभाएका थिए तर यहाँकाहरूले बुझ्नु सकेनन्‌‍। अब समय टाढ़ो छैन तपाईं र हाम्रो निम्ति राम्रै हुन्छ, त्यो हाम्रै हुन्छ सुर्ताउनु पर्दैन । जसले बिगारे तिनीहरूलेनै अहिले सही हो भन्दैछन्‌‍, यो हाम्रो ठूलो जीत हो। अब बीजेपीको पनि समय आयो वार्ता मात्र गरेर हुँदैन, न्याय दिनु पर्छ, हामीलाई न्याय चाहिन्छ। विधायकले दावी गर्दै भने, गृहमन्त्रीले गोर्खाहरूको निम्ति राम्रो गृहकार्य गरेको छ। दिल्लीको धेरै कुरा छ, अहिलेनै भन्नु हुँदैन तर राम्रो हुँदैछ। पार्टी अध्यक्ष मन घिसिङ र हामीले मिलेर एउटा पुल निर्माण गरेका छौँ, केवल गोर्खा जातिको उन्मुक्तिको निम्ति अरु कसैले गरेका छैनन्‌‍, केवल गोरामुमोले आफ्नो भूमिका निभाउँदैछ र सही भूमिका निभाउँदैछ।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ