विधायक बीपी बजगाइँले विधानसभा चुनाउमा कुनै क्रियाकलाप नगर्ने

Share this news

खरसाङ, 7 फरवरी (निसं): आगामी विधानसभा चुनाउमा खरसाङका विधायक विष्णु प्रसाद शर्मा उर्फ बीपी बजगाईँको कुनै क्रियाकलाप रहनेछैन। तिनले हिमालय दर्पणसित कुरा गर्दै आफूले यो निर्णय गरेको बताए।

तिनले भने, पहाड़को राजनीतिले मेरो क्रियाकलाप मन पराएन, मेरो आफ्नै दल भाजपाले मेरे क्रियाकलाप मन पराएन। यसैले आगामी विधानसभा चुनाउमा मेरो कुनै क्रियाकलाप रहने छैन। यदि पहाड़को राजनीति र भाजपाले मेरो क्रियाकलाप मन पराएको भए धेरैको दोकान बन्द हुने थियो। अँ मलाई आवश्यक महसुक भएको खण्डमा म झुटको पर्दाफास गर्दै बस्नेछु। तिनले शनिवार 17 औँ विधानसभाको अन्तिम सत्र रहेको र शनिवारदेखि आफू विधायक अनि भाजपाबाट मुक्त भएको बताउदै भने, आगामी विधानसभामा निर्वाचित विधायकहरूले सपथ नलिएसम्म म एक विधायक नै रहनेछु। तर 17 औँ विधानसभाको आज अन्तिम दिन भएकोले म आफूलाई विधायक पद अनि भाजपाबाट मुक्त भएको ठान्दछु।

आफ्नो कार्यकालमा के-कति कार्य गर्नु भयो? कतिपयले केही काम गरेनन्‌‍ भन्छन्‌‍ भनी प्रश्न गर्दा तिनले भने, मलाई खरसाङ्का जनताले मत दिएर विधायक बनाएका हुन्‌‍। जनताले दिएको दायित्वलाई मैले पूर्ण रुपमा निभाएको छु। मैले मेरो पार्टी भाजपाले वाचा गरेको पीपीएस, जसलाई पहाड़का जनताले गोर्खाल्याण्ड भनेर बुझ्छन, यस विषयलाई चार पल्ट विधानसभामा उठाएँ। 11 जातगोष्ठीको मामिलालाई उठाएँ। आफ्नै पार्टी वाचाबाट टाड़िएको पाएपछि धर्नामा बसेँ। विधायक भनेको पुल बनाउने, बाटो बनाउने होइन। विधायकले आफ्नो क्षेत्रको समस्यालाई विधानसभा पुऱ्याउने हो, जुन मैले पुऱ्याएको छु। पुल, बाटो निर्माण गर्ने दायित्व क्षेत्रीय व्यवस्थाको हो। मैले जुन जिम्मेवारी वहन गरेको थिएँ, त्यो जिम्मेवारी निभाएको छु। मर्ने बेलामा छातीमा ढक राखेर मर्नु पर्दैन। गत वर्ष अक्टोबर महिनादेखि विधायक कोष जिल्ला शासक कार्यालयमा रोकिएको छ, किन रोकियो त्यसको मलाई जानकारी छैन तर दार्जीलिङ जिल्लाको पाँच विधायकहरूमा सबै भन्दा बढ़ी विधायक कोष गर्ने म हुँ।

विधायक अनि भाजपाबाट मुक्त भएपछि कुनै राजनीतिक दलमा जाने विचार छ? भनी प्रश्न गर्दा तिनले वर्तमानमा त्यस्तो कुनै निर्णय नगरेको बताउदै भने, मानिस जन्मिन्दै राजनीतिक प्राणी भएर जन्मन्छ, मानिसको राजनीतिक चेतनाले कतै न कतै काम गरिरहेकै हन्छ। तर पहाड़को नाममा भोट माग्ने, जसले पहाड़का जनतालाई धोका दियो त्यसैको निम्ति भोट माग्ने काम पटक्कै गर्दिन। तिनले आरोप लगाउदै भने, सादय कतियले मलाई आफ्नै खुट्टामा बञ्चरो हान्ने विधायक पनि भन्दा हुन्‌‍ तर भाजपाले पहाड़लाई धोका दियो। भाजपाले ढाट्ने काम गऱ्यो। यस्तो धोका दिने पार्टीमा म रहँदिन। मैले चापलुसी गरिरहेको भए सायद विधायक हुन सक्ने थिएँ तर गरिन। मलाई चुनाउमा भोट मग्नु छैन, चुनाउ सकिएपछि मैले गरेको कामको लिस्ट बनाएर जनतालाई देखाउनेछु।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ