खरसाङ शहरमा केबलहरू पुनः अव्यवस्थित बन्दैछन्

Share this news

खरसाङ, (निसं)ः खरसाङ शहरमा विभिन्न सेवाका केबलहरू फेरि अव्यस्थित बन्दै गइरहेका छन्‌‍। शहरको विभिन्न स्थानमा फेरि केबलको गुजुल्टा बढ़दै गएको, विभिन्न सेवाका केबलहरू झोलिएको, लत्रिएकेो, चुड़िएको अवस्थामा रहेको पाइएको छ। यस्ता केबलहरूको कारण शहरको सुन्दरतामा कमी आएको छ भने जनसाधरणले विभिन्न समस्याको सामना गर्न परिरहेको गुनासहरू छन्‌‍।

शहरको कतिपय स्थानमा यस्ता केबलहरू चुड़िएर लत्रिएको अवस्थमा रहने गरेकोले मानिसहरू बाटोमा हिँड़दा समस्या हुने गरेको, दोकानहरूमा लत्रिएर बस्ने गरेको गुनासोहरू प्राप्त भएको छ भने कतिपय टेलिफोनको खाँबो, बिजुलीको खाँबोमा टाँगिएका यस्ता केबलहरूको कारण समस्याको सामना गर्न परिरहेको मानिसहरूले बताएका छन्‌‍।

विगतमा पनि खरसाङ शहरमा टाँगिएका यस्ता केबलहरू अव्यस्थित रहेको थियो। विभिन्न स्थानमा केबलहरूको गुजुल्टाको कारण शहर फोहोर देखिने गरेको थियो। लत्रिएको, झुण्डिएको, झोलिएको अवस्थामा रहेका केबलहरूको कारण मानिसिहरूले विभिन्न समस्याको सामना गर्न परिरहेका थिए। जनसाधरणबाट यस्ता धेरै गुनासोहरू प्राप्त भए पछि खरसाङ महकुमा प्रशासन अनि खरसाङ नगरपालिकाले शहरको अव्यस्थित केबलहरू विगत वर्षको 4 जुनमा काट्ने, हटाउने कार्य गरेको थियो। यसरी शहरको अव्यस्थित केबलहरू काट्ने अनि हटाउने कार्य गरिएको थियो। त्यस समय खरसाङ शहरमा धेरै वर्षदेखि गुजुल्टिएर बसेका, झुण्डिएर बसेका, लत्रिएको अवस्थामा रहेका, बिजुलीक खाँबोमा बेह्रिएका धेरै केबल काटिएको थियो। विभिन्न टेलिफोन सेवा अनि टेलिभिजन सेवा उपलब्ध गराउने एजेन्सीहरूले शहरमा पुनः व्यवस्थित पाराले केबलहरू जड़ान गरेका थिए। यसरी व्यवस्थित तरिकाले केबलहरू जड़ान गरिएपछि शहर एक समय केही दुन्दर देखिएको थियो। समय बित्दै जाँदा अहिले पुनः शहरको कतिपय स्थानमा यस्ता केबलहरू अवस्थित बन्दै गइरहेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ