Memorandum demanding the regular payment of daily wages and monthly salary
Memorandum demanding the regular payment of daily wages and monthly salary

दैनिक ज्याला र मासिक वेतन नियमित दिइनुपर्ने मागमा ज्ञापन पत्र

Share this news

हिल प्लान्टेशन्स इम्प्लोइज युनियनको लङभ्यू शाखाले 5 वटा रहल पन्ध्रको हाजिरा, 6 महिनाको वेतन, रहल ग्रचुइटी, जम्मा नगरिएको पीएफको माग गर्दै मालिक पक्षलाई ज्ञापन पत्र बुझाएको छ। युनियनको टोलीमा सभापति विन्द्या थापा, उप सभापति सजिना योञ्जन, सचिव तनुजा लामालगायत शाखाका सदस्यहरूको उपस्थिति रहेको थियो।

विषय: लङभ्यू बगानको श्रमिक अनि कर्मचारीहरूको दैनिक ज्याला र मासिक वेतन
नियमित रूपमा दिइनु मागबारे ज्ञापन पत्र।
महोदय,
दैनिक रूपमा कार्यरत श्रमिक र कर्मचारीहरूलाई लङभ्यू टी एन्ड एग्रो कम्पनीले नियमित रूपमा ज्याला र वेतन दिन नसकेको वर्षौ भइसकेको छ। ज्याला, वेतन, एरियर, पीएफ, ग्रयाचुटी जस्ता विषयहरूलाई वर्षौदेखि कम्पनीले गम्भीरता साथ नलिँदा आज बकाया राशिको आँकडाले करोडौं रुपियाँ पार गरिसकेको छ। यस विषय बारे प्रबन्धक पक्ष, श्रमिकवर्ग साथै सम्बन्धित निकाय अवगत छन्।
यी गम्भीर आर्थिक संकटबाट बगान साथै श्रमिकहरूलाई मुक्त गर्न हिल प्लान्टेसन्स इम्प्लोइज युनियनले बारम्बार बैठक मार्फत् समाधानको माग निकाल्ने प्रयास गरिरहेको छ। हिल प्लान्टेसन्स इम्प्लोइज युनियनले फस्ट फ्लस अघि नै प्रबन्धक पक्ष र श्रमिकहरू बीच द्विपक्षीय बैठक गरेर समाधान निकाल्ने आग्रह गरेको थियो, तर प्रबन्धक पक्षले बलपूर्वक बगान सञ्चालन गर्दै बैठक मार्फत् हुने समाधानको विपरित निर्णय लिएको थियो। जसको फल स्वरूप आज लङभ्यू बगानको समस्या अझ कठिन भएर गएको छ। बगानको विकास, कम्पनीको उन्नति र श्रमिकहरूको हितका निम्ति हामीले बारम्बार युनियनको युनिट बैठकहरूमा चर्चा गरिरहेका छौँ।
हालैमा पनि युनियनको बैठक सम्पन्न भएको थियो, सो बैठकमा पारित मागहरू तपाईँ समक्ष राख्न चाहन्छौँ।
हामी निम्न लिखित मागहरूको तत्काल स्थायी समाधान चाहन्छौँ :
लङभ्यू बगानमा सेप्टेम्बर 2025 देखि नोभेम्बर 15 तारिकसम्मको कुल पाँच पन्द्रको ( five fortnights) हाजिरा अहिलेसम्म श्रमिकहरूले पाएका छैनन्। क्रिसमस पर्व आउनै लागेको समय श्रमिकहरूले दैनिक ज्याला नपाउँदा धेरै कठिनाइ भइरहेको छ। त्यसैले नोभेम्बर 2025 भित्र सबै बकाया ज्याला श्रमिकहरूलाई प्रदान गरिनु पर्ने माग गर्दछौँ। यस्तो अवस्थामा प्रबन्धक पक्षले यो मागप्रति कुनै प्रकारको बहानाबाजी चल्ने छैन।
सेप्टेम्बर 2024, जुन 2025, जुलाई 2025, अगस्त 2025, सेप्टेम्बर 2025 अनि अक्टोबर 2025 को मासिक वेतन अहिलेसम्म दिइएको छैन। बगानका कर्मचारीहरूमाथि यो ठूलो आर्थिक अन्याय भइरहेको छ। यसैले आउँदो चाड क्रिसमसलाई हेरेर उक्त 6 महिनाको वेतन चाँडो भन्दा चाँडो दिइनु पर्ने हाम्रो माग रहेको छ।
2013 देखि 2025 सम्म अवकाश ग्रहण गरेका श्रमिकहरूको सूची युनियनलाई पनि उपलब्ध गरियोस् भन्ने हाम्रो माग रहेको छ। अवकाशप्राप्त सबै श्रमिक कर्मचारीहरूले कानुन बमोजिम नियमित समयमा ग्रयाचुटी राशि पाउनु पर्छ।
पीएफ राशि समयमा भुक्तान नगरिनाले श्रमिकहरूले हुनसम्मको कष्ट भोग्नु परिरहेको छ। श्रमिकहरूबाट नियमित रूपमा पीएफ राशि कटौती गरे तापनि कम्पनीले सो राशि भुक्तान नगरेको कुरा सर्वविदित नै छ। बगान स्तरमा बैठक राखेर कम्पनीले पीएफ विषय बारे सकारात्मक निर्णय लिनु पर्छ भन्ने हाम्रो माग रहेको छ।
बगानस्तरमा द्विपक्षीय बैठकको आयोजना गरेर प्रबन्धक पक्षले उक्त मागहरू बारे चर्चा गर्दै समाधानको मार्ग निर्माण गरियोस् भन्ने हामी माग गर्दछौँ।
धन्यवाद।
बिन्द्या थापा सभापति, तनुजा लामा सचिव, हिल प्लान्टेसन्स इम्प्लोइज युनियन,
लङभ्यू शाखा।
युनियनले यो पत्रको प्रतिलिपि सहायक श्रम आयुक्त, खरसाङ, उप आयुक्त, दार्जीलिङ अनि उत्तर बङ्गाल क्षेत्रीय अतिरिक्त श्रम आयुक्तलाई पनि पठाएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ