रोजगारी सुरक्षा र निश्चित भुक्तानीको मागमा अनित थापा समक्ष ज्ञापन

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): पश्चिम बंगाल कलेज अतिथि शिक्षक कल्याण संघले अनित थापालाई भेटेर ज्ञापनपत्र चढाए अनि रोजगारी सुरक्षा र निश्चित भुक्तानीको माग पनि राखेको छ। सोमबार पश्चिम बंगाल कलेज अतिथि शिक्षक कल्याण संघका प्रतिनिधिहरूले लालकोठीमा जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) मुख्य कार्यपाल अनित थापासंगको एक भेटघाटमा अतिथि शिक्षकहरूको रोजगारी सुरक्षा, सेवा निरन्तरता, र निश्चित भुक्तानी प्रणालीको माग राख्दै एक ज्ञापनपत्र बुझाएको छ।प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्रमा मुख्य मागहरूबारे जानकारी अनुसार, रोजगारी सुरक्षा अन्तर्गत अतिथि शिक्षकहरू हाल अस्थायी रोजगारीमा कार्यरत छन् र उनीहरूलाई स्थायी रोजगारीको सुरक्षा छैन, सेवाको नियमितीकरण र मनपरी रूपमा हटाउने कार्यबाट संरक्षणको माग समावेश छ भनी संरचित र पारदर्शी भर्ती नीति लागू गर्न अनुरोधको उल्लेख गरिएको छ। यसरी नै सेवा निरन्तरतामा नियमित भर्ती प्रक्रिया नहुँदासम्म अतिथि शिक्षकहरूलाई सेवामा निरन्तरता प्रदान गर्न माग गरिएको छ। निश्चित भुक्तानी प्रणाली अनुसार अनियमित र अपर्याप्त भुक्तानीले आर्थिक अस्थिरता निम्त्याएको भन्दै अतिथि शिक्षकहरूका लागि निश्चित मासिक तलब प्रणाली लागू गर्न अनुरोध पनि ज्ञापन-पत्रमा भनेकोछ।
थप जानकारी अनुसार, भेटघाटका क्रममा प्रतिनिधिहरूसँगको छलफलमा सम्बोधन गर्दै, अनित थापाले सबै कलेजका अतिथि शिक्षकहरूसँग एक संयुक्त बैठक आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, कुनै पनि शिक्षक छुट्नु हुँदैन। हामीले यो विषयमा छलफल मात्र होइन, समाधानको बाटो पनि निकाल्नुपर्छ। यो समस्याको समाधान नवान्नबाटै सुरु हुन्छ। उनले कागजी प्रक्रिया तत्काल सुरु गर्ने र कोलकाता भ्रमणका क्रममा सम्बन्धित विभागका अधिकारीहरू र मन्त्रीसँग बसेर यो विषयको समाधानका लागि पहल गर्ने आश्वासन दिए। यो भेटघाट र ज्ञापन-पत्रले अतिथि शिक्षकहरूको दीर्घकालीन समस्यालाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

जीटीआर गठन भए जनजाति र छैटौं अनुसूचीमाथि काम गर्ने

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

भाजपा सिक्किमद्वारा वन्दे मातरम्’को १५०औं वार्षिकी पालन

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम