रोजगारी सुरक्षा र निश्चित भुक्तानीको मागमा अनित थापा समक्ष ज्ञापन

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): पश्चिम बंगाल कलेज अतिथि शिक्षक कल्याण संघले अनित थापालाई भेटेर ज्ञापनपत्र चढाए अनि रोजगारी सुरक्षा र निश्चित भुक्तानीको माग पनि राखेको छ। सोमबार पश्चिम बंगाल कलेज अतिथि शिक्षक कल्याण संघका प्रतिनिधिहरूले लालकोठीमा जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) मुख्य कार्यपाल अनित थापासंगको एक भेटघाटमा अतिथि शिक्षकहरूको रोजगारी सुरक्षा, सेवा निरन्तरता, र निश्चित भुक्तानी प्रणालीको माग राख्दै एक ज्ञापनपत्र बुझाएको छ।प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्रमा मुख्य मागहरूबारे जानकारी अनुसार, रोजगारी सुरक्षा अन्तर्गत अतिथि शिक्षकहरू हाल अस्थायी रोजगारीमा कार्यरत छन् र उनीहरूलाई स्थायी रोजगारीको सुरक्षा छैन, सेवाको नियमितीकरण र मनपरी रूपमा हटाउने कार्यबाट संरक्षणको माग समावेश छ भनी संरचित र पारदर्शी भर्ती नीति लागू गर्न अनुरोधको उल्लेख गरिएको छ। यसरी नै सेवा निरन्तरतामा नियमित भर्ती प्रक्रिया नहुँदासम्म अतिथि शिक्षकहरूलाई सेवामा निरन्तरता प्रदान गर्न माग गरिएको छ। निश्चित भुक्तानी प्रणाली अनुसार अनियमित र अपर्याप्त भुक्तानीले आर्थिक अस्थिरता निम्त्याएको भन्दै अतिथि शिक्षकहरूका लागि निश्चित मासिक तलब प्रणाली लागू गर्न अनुरोध पनि ज्ञापन-पत्रमा भनेकोछ।
थप जानकारी अनुसार, भेटघाटका क्रममा प्रतिनिधिहरूसँगको छलफलमा सम्बोधन गर्दै, अनित थापाले सबै कलेजका अतिथि शिक्षकहरूसँग एक संयुक्त बैठक आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, कुनै पनि शिक्षक छुट्नु हुँदैन। हामीले यो विषयमा छलफल मात्र होइन, समाधानको बाटो पनि निकाल्नुपर्छ। यो समस्याको समाधान नवान्नबाटै सुरु हुन्छ। उनले कागजी प्रक्रिया तत्काल सुरु गर्ने र कोलकाता भ्रमणका क्रममा सम्बन्धित विभागका अधिकारीहरू र मन्त्रीसँग बसेर यो विषयको समाधानका लागि पहल गर्ने आश्वासन दिए। यो भेटघाट र ज्ञापन-पत्रले अतिथि शिक्षकहरूको दीर्घकालीन समस्यालाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ