आनन्दधारा योजना अन्तर्गत मेगा क्रेडिट शिविर र लाभ वितरण कार्यक्रम

Share this news

दार्जीलिङ,1 अगस्त(निसं): पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी प्रेरणामा बिहिबार यहाँको गोर्खा रंगमञ्च भवन (भानु भवन) हलमा पश्चिम बंगाल सरकारको आनन्दधारा योजना अन्तर्गत डीआरडीसी
(जिल्ला ग्रामीण विकास सेल)-द्वारा एक मेगा क्रेडिट शिविर र लाभ वितरण कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन   प्रमुख कार्यपाल अनित थापा, डीआरडीसी
 सभासद बिनिता खम्बु राई र दार्जीलिङ जिल्लाका एडीएम जनरल अनिर्बान चटर्जीको विशेष उपस्थितिमा आयोजना गरिएको थियो। यस कार्यक्रममा दार्जीलिङ पाँचवटा खण्डहरुका 443 एसएचजी(सेल्फ हेल्प ग्रुप)
-हरूलाई नगद ऋण सहयोग प्रदान गरिएको छ, जसले गर्दा उनीहरू जीविकोपार्जन गतिविधिहरू सुरु गर्न वा बढाउन सक्षम भएका छन्। कुल 25.43  करोडको ऋण भुक्तान ब्याङ्क मार्फत गरिएको कार्यक्रममा
 जनाइयो।व्यवसाय विस्तारको लागि 101 एसएचजी-का उद्यमीहरूलाई उद्यम वित्त विस्तार गरिएको छ, जसमा कुल 143 करोड वितरण गरिएको छ।दार्जीलिङ जिल्लामा 8030 वाच एसएचजी रहेको अनि
 यस एसएचजी-हरुको सदस्य लगभग 67 हजार छन् भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका कार्यकारी निर्देशक सुमेदा प्रधानले बताएकी छन्। आन्तरिक ऋण संयन्त्रलाई सुदृढ पार्न 45 वटा एएचजी-हरूलाई
 प्रति 3.एसएचजी 2 लाख 30 हजार रुपियाँको दरले अस्थायी कोष (आरएफ) अनुदानको रूपमा प्रदान गरिँदैछ, जुन कुल 213.50 लाख रुपियाँ बराबरको रकम हो भने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सुत्रले
 बताएको छ। यस कार्यक्रममा ग्रामीण समुदायहरूमा वित्तीय साक्षरता प्रवर्द्धन गर्न सक्षम केन्द्रहरूको उद्घाटन गरियो, यस क्षेत्रभरि पाँचवटा केन्द्रहरूले सञ्चालन सुरु गर्नेछ। अञ्जीविका ग्रामीण एक्सप्रेस योजना
 (एजीइवाई) अन्तर्गत, मिरिक पीजीएसडी-लाई क्याम्पर गाडी खरिद गर्न 28.5 लाख रुपियाँ प्रदान गरिँदैछ। त्यस गाडीले यात्रुवाहकको रूपमा र बजारमा एसएचजी उत्पादनहरू वितरण गर्न दुवै काम गर्नेछ।
 आरयुडीएसइटीआई-को राष्ट्रिय एकेडेमीद्वारा तालिम गरिएको मूल्याङ्कन पास गर्नेहरूका लागि प्रमाणित बीडीएसपी-हरूको अभिनन्दन र संलग्नता गरियो।खर्साङ खण्डमा एक स्टप सुविधा केन्द्रको एङ्कर-को 
रूपमा एक जना, खर्साङ खण्डमा व्यवसाय विकास सेवा प्रदायकको रूपमा दुईजना सहित उद्यम वित्त सुविधा सहज बनाउन 6 जनालाई जिल्ला स्तरीय प्रशिक्षकको रूपमा र 3 जनालाई सल्लाहकारको 
रूपमा संलग्न गराइयो। दार्जिलिङ  जिल्लाका 6 वटा क्लस्टर-हरूलाई एकीकृत कृषि समूह विकास सहयोग दिइयो। एकीकृत कृषि प्रणालीलाई प्रवर्द्धन गर्न प्रत्येक समूहलाई 28 लाख रुपियाँ प्रदान गरिएको छ।
 ग्त 24 अनि 25 जुलाई महिनामा आयोजित प्रशिक्षकहरूको डिजिटल मार्केटिङ तालिमको अनुगमनको रूपमा 2 वटा एसएचजी उद्यमीहरूको डिजिटल मार्केटिङ पृष्ठको सुरुवात गरिएको छ। यसको उद्देश्य 
एसएचजी उत्पादनहरूको डिजिटल दृश्यता र बजारसम्म बढाउनु हो भनी जानकारी छ। साथै शुक्रबार  डीआरडीसी,गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन र बागवानी विभाग बीच महिला किसानहरू मार्फत दार्जीलिङमा 
सुन्तला बगैंचाको कायाकल्प र नयाँ रोपण- शीर्षकको विशेष परियोजना कार्यान्वयनको लागि समझदारी पत्र (एमओयु)-मा हस्ताक्षर भयो। जसमा 3 वर्षमा 24.83२ करोड रुपियाँको कुल  भएको यो परियोजनाले
 बागवानी विभागको प्राविधिक सहयोगमा 15 सय महिला किसान तथा एसएचजी सदस्यहरूलाई सहयोग गरिने कार्यक्रममा जनाइयो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ