ग्यास चुला भुइँमा राख्नु परेको गुनासो राख्दै अधिकारीसित भेट

Share this news

दार्जीलिङ, 9 जनवरी(निसं): सरकारद्वारा आगनबाडी केन्द्रहरुमा खाना पकाउने ग्यासको व्यवस्था गरिएको भएपनि ग्यास चुला राख्ने टेबल नभएकोले आगनबाडी केन्द्रहरुमा कार्यरत कर्मचारीहरु समस्यामा परेको गुनासो उठेकोछ। यसैलाई ध्यानाकर्षण गर्दै  हिल तराई आगनबाडी कर्मी-सहकर्मी सङ्गठनले दार्जीलिङ-पुलबजार खण्ड विकास अधिकारीलाई उनको कार्यालयमा सौहार्दपुर्ण भेटघाट गर्दै यसबारेमा ध्यानाकर्षण गराएकोछ।
साङ्गाठनिक केन्द्रीय अध्यक्ष पुष्प लामाको नेतृत्वको टोलिले पहाडभरिका केन्द्रहरुमा ग्यास टेबल अथवा स्लाप समयमा नबिएकोले आगनबाडी कर्मीहरुले समस्या भोग्नुपरीरहेको बताएकी छन्। जानकारी अनुसार, आगनबाढी केन्द्रहरुमा ग्यास सिलिण्डर तथा चुला दिएको भएपनि यसलाई राख्ने टेबल अथवा स्लाप बनाउने दिशानिर्देश छ। यद्यपि यसको निर्माण स्थानीय निकायमा पञ्चायतले गर्नुपर्ने भनिएको भए पनि त्यसबारेमा ठोस कुनै पहल भएको छैन। जसको कारण आगनबाडी केन्द्रहरुमा भुइँमा चुलो राख्नुपर्ने वाध्यता छ।
उनले अझै भनेकी छन्, हामीलाई चुलो भुईमा राख्नुमा समस्या होइन तर केन्द्रमा आएका बालबालिकाबाट आगोबाट बचाउनु चुनौती छ। यसैका साथै टोलीले सम्बन्धित निकायले यसबारेमा गम्भीर ध्यानाकर्षण गर्दै यथाशीघ्रको बनाइदिने माग समेत खण्ड बिकास अधिकारी मार्फत गरिएको भेटघाटपछि पुष्प लामाले बताइएकी छन्।
अर्कोतिर, उक्त भेटवार्तालाई आफुले गम्भीरतापुर्वक लिने त यसबारेमा खण्ड बिकास सगै पन्चायतबाट सकेसम्म चाडै पहल गरिदिने आश्वासन खण्ड विकास अधिकारीले दिएको बताइएको छ।प्रतिनिधि टोलीमा पुष्प लामा बाहेक सङ्गठनका खण्ड स्तरीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ