अनुसूचित संयुक्त मञ्चका प्रतिनिधिहरूको जीटीए मुख्य कार्यपालसँग भेटवार्ता

Share this news

खरसाङ, (निसं): अनुसुचित सयुक्त मञ्चका मूल सचिव राजेश गजमेरको नेतृत्वमा अन्य दश जना वरिष्ठ सदस्यहरूको एउटा प्रतिनिधि टोलीले बिहीवार जीटीए प्रमुख कार्यपाल अनित थापासँग भेट गरेको जानकारी प्राप्त भएको छ। उक्त प्रतिनिधि टोलीले जीटीए प्रमुखलाई 1116 जना नयाँ शिक्षकहरूको भर्नासँगै 14 फरवरी 2021 मा भएको टेट परीक्षाको नियुक्तिमा पनि एकसय पोइण्ट रोस्टर मेन्टेन गरिदिया जवोस भनि ज्ञापन चढ़ाएको छ। प्रतिनिधि टोलीले गत दिसम्बर महिनामा भएको अधिवेशनबारे अवगत गराउँदै अनुसूचित जातिले चढ़ाएको ज्ञापनमा जीटीएमा पनि एकसय पोइण्ट रोष्टर अनुसार सभासदको पदमा पनि सिट आरक्षित गरिदिने साथै अनुसूचित जाति भवन निर्माण विषय पनि प्रतिनिधि मूल सचिव राजेश गजमेरले कुरा राखेको प्रतिनिधि दलका सदस्य विकास सेवाले जानकारी दिएका छन्‌‍। तिनीहरूको सम्पूर्ण विषयलाई जीटीए प्रमुखले ध्यान पूर्वक सुनेपछि जीटीएमा कुनै पनि नियुक्ति हुँदा एकसय प्रतिशत रोष्टरलाई हेरिने आश्वासन दिए साथै अनुसूचित जाति विषय जति पनि सरकारी सहुलियत सबै नै नियम अनुसार लागु हुने पनि बताए। अनुसूचित जातिको तर्फबाट चाँडै नै जिल्ला शासक दार्जीलिङ्मा एउटा ज्ञापन बुझाउने अनि कलकत्ताको शिक्षा विभागमा पनि कलकत्ताको टिमद्घारा ज्ञापन दिने जानकारी दिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान