Meeting of Gorkhaland United
Meeting of Gorkhaland United

गोर्खाल्याण्ड संयुक्त संघर्ष दिल्ली (एनसीआर) को वार्षिक सभा

Share this news

गोर्खाल्याण्ड संयुक्त संघर्ष दिल्ली (एनसीआर) को वार्षिक साधारण सभा गोर्खा भवन, नयाँ दिल्लीमा आइतबार आयोजन गरिएको थियो। डीके प्रदानको अध्यक्षतामा वरिष्ठ समाज सेवी अनि सल्लाहकार उत्तम क्षेत्रीको उपस्थिति रहेको सभाको सञ्चालन सुश्री रञ्जु परियारले गरेकी थिइन्। सभाको सुरुवात सहिदहरुलाई श्रद्धाञ्जली साथै यसै वर्ष गोर्खाल्यान्ड क्षेत्रका विभिन्न ठाउँहरूमा प्रकृति प्रकोपमा परेर ज्यान गुमाउनेहरुको निम्ति १ मिनट मौन धारण गरेर गरियो। मूल सचिव सुश्री रञ्जु परियारद्वारा वार्षिक प्रतिवदेन सबै समक्ष राखेकी थिइन्। यसरी नै कोषाध्यक्ष बिरेन विश्वकर्माद्वारा वार्षिक वित्तीय प्रतिवेदन सभा अघि राखेका थिए अनि यसलाई सर्वसम्मतिले अनुमोदन अनि पारित गरे।
सभामा समिर यल्मो र बसन्त राईलाई केन्द्रीय समितिमा शामिल गराई औपचारिक स्वागत जनाइयो। उनीहरूको सहभागिताले संगठनलाई नयाँ ऊर्जा, प्रतिवद्धता र विस्तारित प्रतिनिधित्व प्रदान गर्ने अपेक्षा गरिएको छ। समितिको कार्य क्षेत्रको विस्तार गर्न तथा क्षेत्रीय समन्वयलाई सुदृढ बनाउन हरियाणा समितिको गठन गरिने निर्णय गरियो। यसरी नै उत्तरप्रदेशमा अनि अन्यान्य राज्यहरूमा समिति गठन गर्ने अनि यी सबै समितिहरूले केन्द्रीय समितिसँग सहकार्य गर्दै कार्यक्रम, गतिविधि र आन्दोलन सम्बन्धी पहललाई प्रभावकारी रूपमा अघि बढाउनेछन्।
धेरै विचार विमर्श पश्च्यात संगठनको सूचना, प्रचार–प्रसार तथा सञ्चार व्यवस्थापनलाई सुदृढ बनाउन राज गुरुङलाई ‘मिडिया प्रभारी’ नियुक्त गरियो।
धेरैसंग संस्थाहरुले स्वास्थ्य क्षेत्रमा अति नै असल कार्यहरू गरिरहेका भए पनि धेरै जस्तो चाहिएको समय रक्तको कमी भएको हुनाले भविष्यमा संगठनद्वारा रक्तदान शिविर एम्स जस्तो ठूलो अस्पतालमा गर्ने निर्णय लिइयो। यस वर्ष हिउँदो अधिवेशन नजिकमा गोर्खाल्यान्ड मागलाई लिएर धर्ना प्रदर्शन गर्ने सभाद्वारापारित गरियो। जातीय चिनारी साथै अनन्य मागहरुलाई सबलरुपमा प्रस्तुत गर्न आउने दिनहरुमा कार्यक्रमहरु तीब्ररुपमा अघि बढाउने भएको छ। विस्तृत जानकारी अनि निर्देशिका समयवद्ध अन्तरालमा गरिनेछ। गोर्खाल्यान्ड सयुंक्त संघर्ष समितिको सभामा उपस्थित दिएर सक्रियरूपमा सहभागिता जनाउनु हुने सम्पूर्ण सदस्य, समर्थक तथा समितिका प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद दिंदै सभाध्यक्ष भविष्यमा पनि यसरी नै अग्रसर रहने आग्रह गरे। उनले सभा सम्पन्न गर्न अघि सामाजिक कार्यहरूको निम्ति अध्ययन गर्ने अनि परेको ठाउँमा सहयोग गर्न पनि तत्पर रहने समितिका सभै उपस्थित सदस्य सदस्याहरुलाई आव्हान गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ