स्वनिर्भर दलका सदस्यहरूलाई लिएर भागोप्रमोको सभा

Share this news

खरसाङ , (निसं) : खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर एकदेखि वार्ड नम्बर बीससम्म भएका स्वनिर्भर दलहरुका सदस्याहरुसँग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाले दिएको परामर्शलाई अघि बढ़ाउँदै खरसाङको नयाँ बजारस्थित कमिटी हलमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटी नारी शक्तिकेो तत्वधानमा सभा सम्पन्न भएको हो। भागोप्रमो खरसाङ टाउन कमिटी अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भएको यस सभामा स्वनिर्भर दलहरुका सदस्याहरुलाई ग्रुप सञ्चालन गर्दा हुने समस्याहरूको समाधानकेो निम्ति सहयोग पुर्याउन साथै उनीहरूलाई स्वनिर्भर दलको माध्यमले आत्मनिर्भर बनाउने उद्देश्यले राखिएको थियो।

खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्ष देवकी सुब्बा प्रधानद्वारा सञ्चालित यस सभामा खरसाङ नगरपालिकाका उपाध्यक्ष तथा खरसाङ जनसम्पर्क अधिकारी सुभाष प्रधान, 28 नम्बर खरसाङ चिम्नी देउराली समष्टिको सभासद श्याम शेर्पा, भागोप्रमो केन्द्रीय समितिका सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समीर दीप ब्लोन, खरसाङ नगरपालिकाको बड़ा बाबु सुरेन कटुवाल, खरसाङ महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन आदिले वक्तव्य राखेका थिए। सभामा स्वनिर्भर दलहरुकेो तर्फबाट उपस्थित भएका खरसाङ गोर्खे हाटका सदस्या सरिता तामाङ अनि वार्ड नम्बर बीस ओलिभ स्वनिर्भर दलका सदस्या संध्या थापाले आआफ्नो अनुभव साझा गरेका थिए भने सभाका सभााध्यक्ष राजु शर्माले अफ्नो सम्भाषणसँगै सभा समाप्तिको घोषणा गरेका थिए।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ