Bodoland union meeting Darjeeling
Bodoland union meeting Darjeeling

बोडोल्याण्ड स्टुडेन्ट युनियन अनि एसएससी माझ गोप्य भेटघाट 

Share this news

दार्जीलिङ, 3 मई(निसं):बोड़ोल्याण्ड स्टुडेन्ट युनियन अनि सेपेरेट स्टेट कोअर्डिनेसन कमिटी (एसएससीसी) माझको गत शुक्रबार सिलगढीमा भएको गोप्य भेटघाट अवधि, बोड़ोल्याण्ड टेरोटोरियल रिजन (बीटीआर)-सँग बोड़ोहरु खुशी छैनन् भनी बोड़ोल्याण्ड स्टुडेन्ट युनियनले बताएको कुरा बोड़ोल्याण्ड स्टुडेन्ट युनियन अनि सेपेरेट स्टेट कोअर्डिनेसन कमिटी (एसएससीसी) संयोजक सञ्जय थुलुङले बताएका छन्।
बोड़ो समुदायको पुज्य पिता बरनी बोफा उपेन्द्रनाथ ब्रम्माको पुण्यतिथिमा बोड़ोल्याण्डबाट बोड़ो स्टुडेन्ट युनियन-का अध्यक्ष बोनजीत मञ्जील बासुमतारी र उनको टीम सिलगढी आएको कुरा बताउदै एसएससीसी संयोजक सञ्जय थुलुङले भनेका छन्, बोड़ोहरुले पनि भारतीय संविधानले प्रदत्त गरेको परिधिभित्र रहेर अलग राज्य बोड़ोल्याण्ड निर्माणको माग गरिरहेकोछ। उनीहरुलाई केन्द्र सरकारले पहिले बोड़ो टेरोटोरीयल काउन्सिल (बीटीसी) दिएका थिए तर पनि उनीहरु खुसी छैनन्। त्यसपछि फेरि आन्दोलन गरे त्यसपछि, बोड़ोल्याण्ड टेरोटोरियल रिजन (बीटीआर) दिइयो, बीटीआर-को व्यवस्थाले पनि उनीहरु व्यवस्थित हुन सकेनन्। उनीहरुको भनाई छ सरकारले उनीहरुलाई झुक्याइएको बताउछन्।जसरी दार्जीलिङमा गोर्खाले पनि अलग राज्य गोर्खाल्याण्ड निर्माणको माग गरिरहेका छौं ।गोर्खालाई पनि पहिले दार्जीलिङ हिल काउन्सिल(डीजीएचसी)दिइयो, केही पछि गोर्खा शब्द थपेर दार्जिलिङ गोर्खा हिल काउन्सिल,(डीजीएचसी) त्यसपछि “गोर्खाल्याण्ड टेरोटोरियल एडमिनिस्ट्रेशन (जीटिए) थमाए जसले गोर्खालाई पनि उनीहरुलाई झै यी दुवै व्यवस्थाले व्यवस्थित गर्न सकेका छैनन्।
अब फेरि बोड़ोहरु झुक्किएको बोड़ोल्याण्ड टेरोटोरियल रिजन (बीटीआर) जस्तै मोडल यहाँ लागु गराउने षड्यन्त्र भइरहेको बुझिएको छ।दुवै जातिको माग अलग राज्य निर्माण रहेता पनि आजसम्मको गणतान्त्रिक आन्दोलनलाई सरकारले सोचेअनुरुप न्याय नगरेको र अब उसो आउने दिनहरुमा उन्मुक्तिको संघर्षलाई एक सबल र प्रबल कार्यनीति बनाएर अघि बढ्ने विषयमा सौहार्दपूर्ण वातावरणमा बातचीत भएको छ।थुल्लुङ्ले भने,बीटीसी देखि बीटीआर भएपछि यो असंवैधानिक र सुरक्षा कवच बिहिन महशुस भएपछि बोडो र गोर्खाको लगभग एउटै संस्कार भएको नातामा र देशमा हामीजस्तै अवहेलित भैरहेका छौ।अब अवहेलितहरुले सामूहिक आन्दोलन गर्नुपर्छ भन्ने धारणा बनिए पछि एसएससीसी संयोजय सञ्जय थुलुङले पनि आफ्नो सहमति जनाए दुवै जातिको माग, अलग राज्य निर्माण! रहेकै कारण हामी अब उसो आउने दिनहरुमा मिलेर अघि बढ्यौं भने हामी दुवै जातिको मागलाई सरकारले गम्भीरतापूर्वक लिनेछन्, सञ्जय थुलुङले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ