Assembly Election 2026
Assembly Election 2026

गोर्खा, आदिवासी, राजवंशी, काम्तापुरी,टोटो, मेचेले मिलेर चुनाउ लड्ने

Share this news

आगामी विधान सभा चुनाउ, गोर्खा, आदिवासी, राजवंशी, काम्तापुरी, टोटो, मेचेले मिलेर चुनाउ लड्ने सम्झौता गरिएको छ। गोर्खा, आदिवासी, राजवंशी, टोटो मेचेसंगै काम्तापुरीहरूले धेरै लामो समय देखि लडदै आइरहेको आफ्नो चिन्हारी, आफ्नो राष्ट्रिय सुरक्षा आफ्नो माटोको युद्ध बीच आगमी विधान सभा चुनाउमा के कस्तो आफ्नो भूमिका निर्वाह गर्नु पर्छ भन्ने विषयलाई लिएर आज गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष बिमल गुरुङको पहलमा एउटा महत्वपूर्ण भेटघाट सभा सिलगढीको सालबारी स्थित प्रज्ञा भवनमा सम्पन्न भयो। सभामा मोर्चाको तर्फबाट अध्यक्षको साथमा महासचिव रोशन गिरी, सांगाठनिक सचिव बिमल प्रधान प्रधान, तराई डुवर्स एकता मञ्चका प्रमुख संयोजक शिव सुनवार, गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष नोमन राई, सिलगढी तराई क्षेत्रका सचिव श्रीमान बाबु तामाङको उपस्थिति रहेको थियो।

काम्तापुरी स्टेट डिमाण्ड काउन्सिलका केन्द्रिय अध्यक्षिका तोपती राई मलिक, प्रवक्ता रतन वर्मन, प्रमुख सल्लाहकार मनचलाल सिंह, केन्द्रिय सदस्य सुब्रोत रोयको साथमा अन्य विभिन्न केन्द्रिय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
उक्त सभामा गोर्खा जनमुक्ति मोर्चा अनि काम्तापुरी स्टेट डिमाण्ड काउन्सिल बीच आफ्नो छुट्टै राज्यको मांग लिएर केन्द्र सरकार अघि संवैधानिक युद्ध लडने साथै आउने बिधान सभा चुनाउमा पनि एक भएर लड्ने मौसदा बीच सम्झौता भयो। यी सङ्गठनहरूबीच गत वर्ष पनि सिलगढीमा विशेष बैठक सम्पन्न गरिएको थियो।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ