मेयर देबद्वारा सीसीटीभी (CCTV) क्यामेरा जडानको उद्घाटन

Share this news

सिलगढी नगरपालिकाका मेयर गौतम देबले वार्ड नम्बर ०७ मा ६४ वटा आधुनिक सीसीटीभी (CCTV) क्यामेरा सुरक्षा र निगरानी व्यवस्थालाई अझ सुदृढ बनाउने उद्देश्यले औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ। यस कार्यक्रममा नागरिक,स्थानीय पार्षद तथा सुरक्षा सम्वन्धी कर्मचारीहरू उपस्थित थिए।यस्ता सीसीटीभी क्यामेराहरूलाई चर्चित र मुख्य पोखरी, बजार, गल्ली तथा सार्वजनिक स्थानहरूमा जडान गरिएको छ जसले स्थानीय बासिन्दाको सुरक्षा र शान्ति सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सिटी प्रशासनले यस पहलसँगै शहरमा अपराध रोकथाम, सामुदायिक सुरक्षा र आपत्कालीन परिस्थितिको समयमा छिटो प्रतिक्रिया दिने क्षमता थप मजबुत हुने बताइएको छ।मेयर गौतम देवले आफ्नो सम्बोधनमा भनेका छन् कि शहरको विभिन्न क्षेत्रमा सीसीटीभी क्यामेराहरूको संख्या बढाउन नगरपालिकाले जोड दिएको छ र यसबाट ट्राफिक व्यवस्थापन तथा सार्वजनिक सुरक्षामा पनि सकारात्मक प्रभाव पर्नेछ।

उनले नागरिकसँग पनि सहयोगको अपील गर्दै यस्तो परियोजनालाई प्रभावकारी रुपमा काममा ल्याउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याए।यो पाइला सिलगढीको समग्र सुरक्षा पूर्वाधारलाई अझ सुदृढ पार्ने योजनाको एक महत्वपूर्ण भाग हो, जसले शहरलाई अझ सुरक्षित, व्यवस्थित र प्रगतिशील बनाउने दिशामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ