Maya Seva organization
Maya Seva organization

महिलालाई बचाउन वचनवद्ध माटोको माया सेवा संस्था

Share this news

इजरायलमा कार्यरत एउटी गोर्खे चेली मानसिक रोगले ग्रसित साथै कुलतमा लागेर घरविहीन भएकी थिइन्। जसले आफ्नो जिन्दगी बर्बाद पारेको अवस्था छ, बाटोमा सुत्ने बिमारी एकदमै गम्भीर अवस्थामा उद्धार गरिएको छ। दार्जीलिङ माटोको माया सेवा संस्थालाई उनकी छोरीले रुँदै उद्धार गरिदिने अनुरोध गरेकी थिइन्। इजराइलमा एउटा संस्थालाई पनि उहाँकी छोरीले अनुरोध गरेकी थिइन्। तर सहयोग प्राप्त नहुँदा अन्तमा दार्जीलिङ माटोको मायालाई गुहार मागेकी थिइन्। सूचना पाउनासाथ दार्जीलिङ माटोको मायाले उद्धार गरेर उनको हेरचाह गरिरहेको छ। महिलालाई फेरि आफ्नो खुट्टामा उभ्याउने प्रयास चलिरहेको छ साथै उनको पासपोर्ट र अन्य दस्तावेजहरु चोरी भएको हुनाले गर्दा, नयाँ पासपोर्ट बनाउने प्रक्रिया पनि सुरु भइसकेको छ।
विदेशमा यस्तो अवस्थामा हाम्रा छोरीचेरीहरूलाई देख्दा अत्यन्त दुःख लाग्छ, जस्तै भएपनि हामीले मानवतालाई छोड्नु हुँदैन जुनै अवस्थामा पनि हामी एककृत भएर एकअर्कामा सहयोग गर्नुपर्छ। यसक्रममा यी चेली बाटोमा अलपत्र परेर हिँडेकी धेरै महिना भएकाे रहेछ। तर कसैको नजर परेन, कसैले उनको हात समातेर फेरि नयाँ जीवन दिने प्रयास गरेनन्। तर जहाँ हाम्रा छोरीचेलीहरु अलपत्र परेका हुन्छन् सहयोगको आवश्यकता परेको हुन्छ। त्यहाँ माटोको माया पुगेर उद्धार गर्दै आएको छ। यो कार्य पनि समूहको निम्ति सहज छैन, कारण प्रदेशमा सबै आफ्नो काममा व्यस्त हुन्छन्, कसैको निम्ति एक दिन निकाल्न पनि गाह्रो पर्छ, तर यो मानवीय कार्य र व्यस्तता भन्दा जरुरी यी चेलीलाई जिन्दगी दिनु आवश्यक छ, यसको निम्ति माटोको मायाले आफ्नो काम छोड्न किन नपरोस् तर यी चेलीलाई नयाँ जिन्दगी दिने प्रतिवद्धता राखेको छ। मान्छे त्यसै भौतारिँदैन त्यसपछिको कथा एकदमै भयानक हुन्छ, बस उसलाई माया अनि सहाराको आवश्यकता छ। यहाँ देखावटी र बनावटी भन्दा पनि हात समाएर सहायता दिने केवल दार्जीलिङ माटोको माया सेवा संस्था मात्र छ, उनको जीवनलाई परिवर्तन गर्न चाल्नपर्ने पाइलाको विस्तृत देखाउनेछौं। उनको अवस्था जस्तो पनि होस् दार्जीलिङ माटोको मायाले भरपुर प्रयास गर्नेछ उनलाई नयाँ जीवन दिएर मानवताको रक्षा गर्ने, उनको अवस्था के कस्तो हुनेछ र उनको निम्ति संस्थाले कतिको देखरे गरेको छ यसको जानकारी दिंदै जाने जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ