सिलगढ़ीबाट मूर्ती बिक्री गर्न आउनेहरूको संख्यामा कमी देखियो

Share this news

खरसाङ, (निसं): खरसाङमा यो वर्ष सिलगढ़ीबाट सरस्वती माताको मूर्ती मूर्ती ल्याएर बिक्री गर्ने बिक्रेताहरूको संख्यामा कामी देखियो। यो वर्ष दुई समूह जतिले मात्र मूर्ती बिक्री गरिरहेका देखियो। यो वर्ष सरस्वती माताको मूर्ती 15 सय रुपियाँदेखि 6 हजार रुपियाँ सम्म बिक्री भइरहेको पाइयो।

यहाँको धर्मशालामा मूर्ती बिक्री गरिरहेका भानु पालले मूर्ती बिक्री निम्ति तीन दिन अघिदेखि आरम्भ गरेको भए तापनि मंगलवारदेखि मूर्तीको बिक्रीमा तेजी आएको बताए। तिनले बुधवार एकै दिनमा 50 वटा जति मूर्ती बिक्री गरेको पनि बताए। तिनले यो वर्ष विगत वर्षको तुलनामा अफ्नो मूर्ती अधिक बिक्री भइरहेको पनि बताए। यसको कारण विगत वर्ष जस्तो धेरै समूह मूर्ती बिक्री गर्न नआएकोले हुन सक्ने तिनले बताए। तिनले भने, पोहोर साल मैले धेरै मूर्ती फर्काएर लगेको थिएँ। अर्को एउटा समूहले 25 हजार रुपियाँको नोक्सानी खप्नु परेको थियो। नोक्सान खप्नु परेकोले यस वर्ष ती समूहहरू मूर्ती लिएर आएनन्‌‍। यो वर्ष मूर्ती बिक्री गर्न आउनेहरूको संख्या कमी छ। यसैले मेरो मूर्ती अधिक बिक्री भइरहेको हुन सक्छ। तिनले बिहीवार बेलुकासम्म मूर्ती बिक्री गर्ने अनि बिहीवार बेलुका सिलगढ़ी फर्किने पनि बताए। अर्को तर्फ खरसाङमा सरस्वती माताको पूजाको निम्ति तयारी धमाधम चलिरहेको छ।

विभिन्न सङ्घ-संस्था, विद्यार्थी समूह, व्यक्ति विशेषहरूले सरस्वती पूजा गर्नको निम्ति पण्डाल बनाउने, पण्डाल श्रृंगार गर्ने, मूर्ती खरिद गरेर लैजाने कार्य गरिरहेका छन्‌‍। यहाँको एसडीपीओ कार्यालय नजिक पूजा गरिरहेका विद्यार्थीहरूको एउटा समूहले पूजाको निम्ति तयारी पुरा भइसकेको बताउदै यो वर्ष मूर्तीको मूल्य अधिक परेको गुनासो गरे। तिनीहरूले मंगलवार 5 जहार रुपियाँमा मूर्ती खरिद गरेको बताए। तिनीहरूले जम्मा पाँच विद्यार्थीहरूले पूजाको आयोजना गरेको र उक्त पूजामा धेरैले सहयोग गरेको बताउदै चन्दा 12 हजार रुपियाँ सङ्कलन गरिएको पनि बताए। स्मरण गराइन्छ, खरसाङ्मा विगतको समयमा जस्तो सरस्वती पूजा भव्यताको साथमा पालन गर्न छोड़िएको कतिपय मानिसहरूको मत छ। वर्तमानमा पनि धेरै ठाउँमा सरस्वती पूजा गरिने गरिएको भए तापनि विगतको जस्तो विविध सांस्कृति कार्यक्रमहरूको आयोजनामा र धेरै मानिसहरूको सहभागितामा पूजाको आयोजना कम भइरहेको मानिसहरू बताउछन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ