तीनधारे महानदी समष्टिको मालुटारमा शहीद दिवस पालन

Share this news

तीनधारे महानदी समष्टिको मालुटार चियाबारीस्थित पाङ्रेखोलामा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा शहीद दिवस पालन गरिएको थियो। उक्त शहीद दिवस कार्यक्रम मालुटार खण्ड समितिको सभापति नरेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई प्रह्लाद छेत्रीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण सर्बिन तामाङले राखेका थिए। मालुटार चियाबारीको पाङग्रेखोलामा रहेको यस क्षेत्रको शहीद गोबिन रसाइलीको शहीद वेदीमा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दिपेस तामाङले गीत प्रस्तुत गरेका थिए भने शहीदका परिवारहरुलाई सम्मान जनाइएको छ। विशेष गरी गोबिन रसाइलीको परिवार हालमा दिलराम क्षेत्रमा बस्ने भएकोले कार्यक्रममा सिपाहीधुराको शहीद मणिकुमार थापाकी पत्नी विष्णु थापालाई सम्मान जनाइएको थियो। कार्यक्रममा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान र पञ्चायत समिति सदस्या अनिरा वाईबाले वक्तव्य राखेका थिए। कार्यक्रममा उप प्रधान अम्बिका देवान, पञ्चायत समिति सदस्या दिक्षा छेत्री, पञ्चायत सदस्याहरु मणिका लामा, सिर्जना छेत्री, बिक्की पाख्रिन लगायत भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति कुमार छेत्री, बुथ सभापति डीबी सुब्बा, कमल सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए।‌ कार्यक्रममा धन्यवाद ज्ञापन पञ्चायत समिति सदस्या अनिरा वाईबाले राखेकी थिइन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ