एक साँझ शहीदको नाउँमा सफलतापूर्वक सम्पन्न

Share this news

गोर्खा शहीद सेवा समिति र गोर्खा प्राईड मिशनको संयुक्त आयोजनामा गोर्खा स्वतन्त्रता सङ्ग्रामीहरुप्रति श्रद्धाञ्जली अर्पण हेतु आयोजना गरिएको तेस्रो बलिदान दिवस ‘एक शाम स्वतन्त्रता सेनानी का नाम’ कार्यक्रम 15 फरवरीको दिन नयाँ दिल्लीको एनडीएमसी कन्भेन्सन सेन्टर जनपथमा भव्यतापूर्वक सम्पन्न भयो।

स्वर्गीय ज्ञान बहादुर लामा को ८१ औं पुण्यतिथिकाे अवसरमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट व्यक्तिहरूलाई बाबु डम्बर सिंह गुरूङ लाइफ टाइम अचीवमेंट अवार्ड २०२६ द्वारा सम्मानित गरियो।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा देशका पुर्व उच्च न्यायाधीश श्री के जी बालाकृष्णण अनि मुख्य अतिथिकाे रुपमा संस्कृति एवम् इनपावर्मेन्मैन्ट मिनिष्टर श्री रामदास अथावले आसिन थिए भने अन्य विशिष्ट अतिथिहरूमा बाबु डम्बर सिंह गुरुङकाे परिवारबाट उनकी पनातिनी साथै अन्य विशिष्ट अतिथिहरुको उपस्थिती रहेको थियो।
विभिन्न क्षेत्रमा समाजको उत्थानमा योगदान पुर्‍याउने देश भरका प्रतिष्ठित व्यक्तिहरूलाई यस कार्यक्रममा डम्बर सिंह गुरुङ जीवनकाल उपलब्धि पुरस्कार प्रदान गरियो।

पुरस्कार प्रापकहरुमा क्रमैले – रोबिन हिबु, आईपीएस, ध्रुव प्रधान, व्यवसायी एवम् सामाजिक कार्यकर्ता, श्रीमती सीता मुखिया, सामाजिक कार्यकर्ता, पवन कुमार बंसल, सामाजिक कार्यकर्ताहरू उत्कृष्ट उद्यमशील नेतृत्व, मनमोहन सिंह छगर, सामाजिक सेवा, नैतिक व्यावसायिक नेतृत्व र सामुदायिक उत्थान, लुकास एल. कामसुम, सीएसएस सहसचिव फ्यानन्स भारत सरकार, चिन्तेश्वर राव, समुदायको उत्थानको लागि समाजमा उत्कृष्ट योगदान, पी. शिवनाथम, सामाजिक सेवा, डा. (श्रीमती) राजी एन. कुमार, शिक्षा क्षेत्र, लेफ्टिनेन्ट जनरल पी.एन. अनन्तनारायण एभीएसएम, एसएम (सेवानिवृत्त), गोर्खा सैनिकहरूको कल्याणको लागि जीवनभर समर्पण, स्वामीजी दे. एम अरुमुगम, आध्यात्मिक नेतृत्व र समाजसेवा, सुनील छेत्री, भारतीय फुटबल कप्तान, श्रीमती दिलकुमारी भन्डारी, पूर्व लोकसभा सांसद अनि भाषा आन्दोलनकी नेतृ, सौराज प्रधान, सीईओ हिमालयन नेटवर्क।

आफ्नो स्वागत भाषणमा गोर्खा शहीद सेवा समितिकाे अध्यक्ष एन्ड्रयु गुरुङले राष्ट्रलाई हाम्रा पुर्खाले दिएको बलिदान बिर्सन दिने छैनौं भन्दै गोर्खा सम्पदा केन्द्र निर्माण जहाँ सबै गोर्खा स्वतन्त्रता सेनानीहरूको मूर्ति र अमर सैनिकहरूको नेम प्लेट सङ्ग्रह गरेर राख्ने घोषणा गरे। गोर्खा शहीद सेवा समितिकाे चिफ प्रेट्रोन कर्नल बीएन कुमार (सेवानिवृत्त) ले हरेक वर्ष देशका यी सबै भागमा यस्तो कार्यक्रमको आयोजना गर्ने वाचा गर्दै यस ऐतिहासिक कार्यक्रमको लागि सबै प्रायोजकहरू, स्वयंसेवकहरू, दिल्ली एनसीआरका विभिन्न संस्थाका स्वयंसेवकहरू र कार्यक्रममा उपस्थित सबै अतिथिहरूलाई धन्यवाद दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ