दार्जीलिङ, 4 फरवरी (निसं): मानेभञ्ज्याङमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। एसएसबी 36 बटालियन डिपुटी कमाण्डेन्ट डा. सन्दीप एमकेको विषेश जाँचमा सम्पन्न निशुल्क स्वास्थ्य जाँच शिविरमा 60 जना भन्दा धेरै रोगीहरूले विभिन्न विमारको जाँच गराएको छ। स्थानिय मानेभञ्ज्याङ एनआइसी भवनमा सम्पन्न शिविरमा एसएसबी 36 बटालियन गेजिङ्गका डिपुटी कमाण्डेन्ट डा.सन्दीप एमके, एसआइ/जीडी राज प्रताप सिंह एवं अवधेश कुमार लगायत अन्यहरूको उपस्थितिमा विभिन्न रोगीहरूलाई परीक्षण पछि निशुल्क रूपमा दबाइ प्रदान गरिएको छ। आजको उक्त शिविरमा स्थानिय मानेभञ्ज्याङ परिसरका जनसाधारण 60 जना भन्दा धेरै विमारीहरूले लाभ उठाएको जानकारी दिएको छ भने रोगी सम्पूर्ण लाभार्थीहरूले 36 बटालियन एसएसबीको प्रसंशा गर्दै निशुल्क स्वास्थ्य जाँच शिविरको निम्ति आभार प्रकट गरेको जनाएका छन्।












