मानव उत्थान सेवा समितिद्वारा नशामुक्त यात्रा

Share this news

खरसाङ, (निसं): महाशिवरात्रीको अवसरमा मानव उत्थान सेवा समिति खरसाङ तहसिलद्वारा आईतवार बिहान खरसाङ शहरमा नशा उन्मूलन यात्रा (एन्टी ड्रग्स रैली) को आयोजना गरेको छ। मानव धर्मका संस्थापक तथा प्रणेता श्री सतपालजी महाराजको प्रेरणाद्वारा समितिले प्रति वर्ष नै महाशिवरात्रिको अवसरमा देशव्यापी नशा उन्मूलन यात्राहरू सम्पन्न गर्दै आइरहेको छ, जसको उद्देश्य हाम्रो गाउँ, समाज अनि देशलाई नै नशादेखि उन्मुक्त गर्न युवाहरूमा सचेतना फैलाउनु हो।

खरसाङ तहसिल प्रभारी महात्मा असीमा बाईजी अनि सहयोगी महात्मा प्रभा बाईजीले अगुवाइ गरेको उक्त नशा उन्मूलन यात्रा खरसाङ रेलवे स्टेशनदेखि आरम्भ भएर खरसाङ बजारको परिक्रमा गरी रेलवे स्टेशनमा नै समापन भयो। उक्त यात्रामा खरसाङ लगायत बालासन अनि दुधे शाखाका बाल सभा, युवा अनि अन्य वरिष्ठ सदस्यहरूले भाग लिएका थिए। यात्राको समापनमा महात्मा असीमा बाईजीले आफ्नो सम्बोधनमा भगवान शिवले सारा सृष्टिको रक्षा हेतु समुद्र मन्थनबाट निस्केको हलाहल विष आफ्नो कण्ठमा धारण गरेका थिए जसले गर्दा हामी भगवान शिवलाई नीलकण्ठको नामले पुकार्दछौँ भन्दै समयका सदगुरूले पनि आज विश्वमा आत्मज्ञानको अमृत छरेर सारा विश्वलाई शान्ति, समृद्धि अनि सद्भावनाको बाटोमा दोहोऱ्याइ रहनु भएको छ भनी बताए। आजको युवा पिँढ़ी नशाको कुलतमा फँसेपछि आफ्नो जीवन संगसंगै घर अनि समाज पनि तहस नहस भएर जानेछ भन्दै सबैले अध्यात्मको बाटो अपनाउने सन्देश दिइन्‌‍।

समितिद्वारा आयोजित उक्त यात्रालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग अनि स्वीकृति प्रदान गरेकोमा खरसाङ महकुमा शासक, खरसाङ ट्राफिक पुलिसका पदाधिकारीगण लगायत सम्पूर्ण सदस्यवृन्दमा मानव उत्थान सेवा समिति, खरसाङले आभार प्रकट गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ