Mamata worried by Humayun Kabir’s new party and its growing public support.
Mamata worried by Humayun Kabir’s new party and its growing public support.

हुमायुँ कबीरको नयाँ पार्टी र बढ्दो जनसमर्थनले ममता चिन्तित

Share this news

बाबरी मस्जिदको नाममा हजारौं मानिसहरू भेला र अनि लाखौं पैसा बटुलिएपछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको चिन्ता बढाएको छ। पश्चिम बंगाल विधानसभा चुनावको केही महिना अगाडि तृणमूल कांग्रेसबाट निष्कासित विधायक हुमायुँ कबीर अब मुख्यमन्त्री ममता ब्यानर्जीको लागि ठूलो समस्या सिर्जना भएका छन्। मुर्शिदाबाद जिल्लाको बेलडाङ्गामा बाबरी मस्जिद निर्माणको मुद्दामा शुक्रबारको प्रार्थनाको समयमा हुमायुँ कबीरले हजारौं मानिसहरूको भीड जम्मा गरेका थिए। उनले दिसम्बर २२ मा नयाँ पार्टी गठनको घोषणा गरेका थिए र ‘जनता उन्नयन पार्टी’ नामको आफ्नो नयाँ राजनीतिक दल सुरु गरेका छन्। नयाँ पार्टी गठनको घोषणापछि यो पहिलो शुक्रबार थियो, त्यसैले यो दिन हुमायुँ कबीरको लागि धेरै विशेष थियो।
‘अब मुस्लिम मतदाता आफैं राजा बन्नेछन्’ भन्ने हुमायुँ कबीरको बयानपछि, हावडा, कोलकाता, वर्धमान, मेदिनीपुर र २४ परगना लगायत बङ्गालका विभिन्न शहरहरूबाट ठूलो संख्यामा मानिसहरू बेलडाङ्गामा ओइरिए। हुमायुँ कबीरले हजारौं मानिसहरूसँग शुक्रबारको प्रार्थना गरे अनि प्रार्थनापछि उनले घोषणा गरे कि यस पटक बङ्गालमा मुस्लिमहरूले सरकार बनाउनेछन्। कबीरले भने, अहिलेसम्म बङ्गालका २ करोड ५० लाख मुस्लिमहरूले ममता ब्यानर्जीलाई मतदान गर्दै आएका थिए। त्यसैले ममताले राजा बन्ने प्रयास गरिरहेकी थिइन् भन्ने कबीरले बताएका थिए, तर यसको कुनै फाइदा भएको छैन। कबीरले थपे, अब मुस्लिम मतदाता आफै राजा बन्नेछन्।
बाबरी मस्जिदको निर्मार्थ हुमायुँ कबीरले इँटाका स्टलहरू जडान गरे। जसको सहयोगमा निर्माण कार्यमा थप सहयोग पुग्नेछ।
हुमायुँ कबीरले असदुद्दीन ओवैसीको एआइएमआइएम र आइएसएफका नौशाद सिद्दीकीसँग पनि वार्ता भइरहेको बताए। उनले सबै मुस्लिम नेताहरूलाई एकताबद्ध गरेर चुनावी मैदानमा उत्रने तयारी गरिरहेको बताए। स्मरण रहोस् हुमायुँ कबीर बाबरी मस्जिदको भावनात्मक मुद्दालाई पञ्जीकृत गरिरहेका छन्। पहिले उनी बाबरी मस्जिद पुनर्निर्माण गर्न यहाँ आउने मानिसहरूबाट चन्दा मागिरहेका थिए। यसका लागि उनी क्यूआर कोड प्रयोग गरेर पैसा संकलन गरिरहेका थिए। यस पटक हुमायुँ कबीरले इँटाका स्टलहरू स्थापना गरे। शुक्रबारको प्रार्थनाको लागि आउने भक्तहरूले यी स्टलहरूबाट इँटा किन्न र मस्जिदको लागि दान गर्न सक्थे। लाउडस्पीकर प्रयोग गरेर इँटा बेचिन्थ्यो र प्रत्येक इँटाको मूल्य दश रुपैयाँ राखिएको थियो।
हुमायुँ कबीरको प्रभाव देखेपछि ममताको चिन्ता बढ्दै गइरहेको छ। पहिला ममताले मुसलमान भोटरहरू अनि नेताहरूलाई लिएर धेरै राजनीति गर्दै आएकी थिइन्। तर ती नेताहरूबाटै हुमायुँ कबीर जस्ता असन्तुष्ट प्रतिपक्षी तयार भएपछि ममताको जनसमर्थन घट्दै जानु स्वभाविक नै हो। अर्कोतिर बिहार विधानसभा चुनाउमा भाजपाको विजय भएपछि पश्चिम बङ्गालमा पनि भाजपाको जनसमर्थन बढ्दै जाने शङ्काले पनि उनी त्रस्त छिन्।
यसैक्रममा बाबरी मस्जिदको नाममा हुमायुँ कबीरको राजनीतिक व्यवसाय फस्टाउँदैछ र उनका समर्थकहरूले पनि नाफा कमाइरहेका छन्। यसले राज्यकी मुख्यमन्त्री ममता बनर्जीको चिन्ता अझ बढाएको छ। किनभने हुमायुँ कबीरको प्रभाव मुर्शिदाबादमा सीमित भए तापनि यदि उनको पार्टीले नौशाद सिद्दीकी र असदुद्दीन ओवैसीका दलहरूसँग गठबन्धन गर्छ भने, यसको प्रभाव बङ्गालका अन्य क्षेत्रहरूमा पनि पर्नेछ। यसै कारणले गर्दा, हुमायुँ कबीरले अब राजाको भूमिका खेल्ने होइन, तर आफै राजा बन्ने दाबी गरिरहेका छन्। आगामी दिनमा हुमायुँ कबीरले बङ्गालको मुस्लिम भोट बैंकमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ