विपक्षी दलहरूको मुख्य एडेण्डा अनित थापालाई हराउनु होः अमर लामा

Share this news

खरसाङ, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) का महासचिव अमर लामाले तकदाह टिस्टा भ्याली क्षेत्रको चुनावी सभालाई सम्बोधन गर्दै भाजपाको रणनीति र गोर्खा समुदायप्रतिको व्यवहारमाथि कड़ा आलोचना गरेका छन्‌‍।

लामाले सभालाई सम्बोधन गर्दै भने, अहिले भाजपाकाहरू विभिन्न राजनैतिक दलहरूसित बसेर बैठक गर्दैछन्‌‍। चुनाउ कसरी जित्नु उनीहरूको एजेण्डा होइन। तर कुन कुन पार्टी मिल्यो भने अनित थापालाई हराउनु सकिन्छ। यो उनीहरूको मुख्य एजेण्डा हो। लामाले राज्यकी मुख्यमन्त्री ममता बनर्जी सरकारले दिदी-बहिनीहरूको निम्ति लक्ष्मी भण्डारको भत्तामा 5 सय रुपियाँदेखि बढ़ाएर वार्षिक 18 हजार रुपियाँ पुऱ्याएको, जबकि बीजेपीले भोटका लागि मात्र 3 हजार मासिक भत्ता दिने लालच देखाउँदैछ भनी आरोप लगाउदै भने, राज्य सरकारले भोटअघि नै केही दिँदैछ, तर बीजेपीले अहिले हामीलाई दिनु त होइन, हाम्रो बाउबाजेको कागज माग्दैछ।

बीजेपीलाई साँपको संज्ञा दिँदै लामाले भने, बीजेपीले एसआईआर गराए, अब एनआरसी ल्याउनेछ। दुईपटक भोट जिताएको सांसदले खानेपानीको पैसा रोकेर राखेको छ। मेरो बाउ-बाजेको जन्मपत्र माग्दैछ, त्यो समय कुन अफिसले जन्मपत्र दिन्थ्यो? लामाले एसआईआरको नाममा गोर्खाहरूले भोगेको दुःख बिर्सन नहुने पनि बताए। श्रमिकहरूको न्यूनतम ज्यालाको मुद्दामा पनि सांसद राजु विष्टको दावीलाई गलत बताए। तिनले भने, सांसद राजुले 3 सय 50 रुपियाँ रोज दिन्छु भने, तर केन्द्रको बजेटमा यो उल्लेख छैन। राज्य सरकारले 1 सय 67 बाट 2 सय 50 रुपियाँसम्म अन्तरिम ज्याला बढ़ाएको छ। भारत सरकारको लेबर कोडले 1 सय 78 भन्दा कम हुन नदिन भन्छ, तर बीजेपीको चिया श्रमिक ज्यालामा कुनै नीति छैन। बीजीपीएमले न्यूनतम रोजको मुद्दालाई फत्ते गरी छाड्नेछ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ