माघे गोर्खा संस्कृति महोत्सव २०२६ भव्यताका साथ सम्पन्न

Share this news

असमको डिब्रुगढ जिल्ला अन्तर्गत दुलियाजनस्थित शहीद नृपेन बोरा स्मृति प्राथमिक विद्यालय, खेलपथार चपातोली बंगाली गाउँ भदै पाँचालीमा दुलियाजन भदै पाँचाली शाखा समितिको आयोजनामा, बृहत्तर दुलियाजन भदै पाँचालीवासी जनमानसको सहयोग तथा गोर्खा महिला मञ्च दुलियाजन आञ्चलिक समितिको आतिथ्यमा दोस्रो वार्षिक माघे माघ गोर्खा संस्कृति महोत्सव २०२६ भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको सुरुवात गोर्खा महिला मञ्चको झण्डा उत्तोलनबाट गर्दै असमका जनप्रिय गायक जुबिन गर्ग तथा Indian Idol विजेता स्वर्गीय प्रशान्त तामाङको तस्बिरमा माल्यार्पण र बत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
महोत्सवमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए, जसमा स्थानीय दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो। मिस माघे माघ र मिसेस माघे माघ सुन्दरी प्रतियोगिता पनि आयोजना गरिएको थियो, जहाँ स्थानीय गाउँवासीहरूले उत्साहपूर्वक भाग लिएका थिए। साथै विभिन्न स्थानबाट आएका पोते–माला स्टलहरू र लिङ्गे पिङ कार्यक्रमका थप आकर्षण बने।
सांस्कृतिक साँझमा जागुनबाट गायक तारावीर लिम्बु तथा गुवाहाटीबाट गायिका सिर्जना राईले मनमोहक प्रस्तुति दिएका थिए, जसलाई दर्शक–श्रोताले अत्यन्त मन पराए।
कार्यक्रममा मुख्य अतिथिको रूपमा GDC अध्यक्ष प्रेम तामाङ, असम छात्र संघका प्राक्तन मूल सचिव श्री शंकर ज्योति बोरा, असम गोर्खा सम्मेलन महिला प्रकोष्ठकी आह्वाहिका मीना खाती, गोर्खा महिला मञ्च दुलियाजन आञ्चलिक समितिकी सभानेत्री तुलसी राई, मूल सचिव मन्जु थापा लगायत विभिन्न दल–संगठनका प्रतिनिधि, शिक्षक तथा गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको दिन वृक्षरोपण कार्यक्रम समेत आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको थियो, जसले वातावरण संरक्षणको सन्देश दिएको चन्दन गुरूङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ