एमाले, कांग्रेसमा मधेशी नेताहरू दास बनेर बसेका छन् : अध्यक्ष यादव

Share this news

सिराहा — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका कतिपय नेताहरू नै मधेशको मुक्तिको बाधक रहेको बताएका छन् । सिराहाको गोलबजारमा सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेशलाई नश्लिय राज्यसत्ताले सधैंभरि आन्तरिक उपनिवेशमा राखेको भए पनि मधेशकै नेताहरूका कारण यसबाट मुक्ति मिल्न नसकेको उनको भनाइ छ । ‘मधेशमा आन्तरिक उपनिवेश छ,’ उनले भने, ‘तर, जसले मधेशलाई उत्पीडनमा राखेका छन्, यहाँका कतिपय नेता उनीहरूकै गुलामी गर्दैछन् ।’

सरकारले मधेश र मधेशीको अस्तित्व समाप्त पार्ने षड्यन्त्रतत नै भूमि अध्यादेश ल्याएको तर यसमा एमाले कांग्रेसमा भएका मधेशी नेताहरूले दास बनेर टुलुटुलु हेर्ने काम गरेको उनले आरोप लगाए । ‘कांग्रेस, एमालेमा भएका मधेशी नेताहरू पनि बोल्छन् भन्ने लागेको थियो,’ उनले भने, ‘तर, उनीहरू त्यहाँ दास बनेर बसेका छन् ।’ मधेशमा राज्यले ज्यादती गर्दै आएको र यहाँका सबै नेताहरू मिलेर त्यसविरुद्ध लड्नुपर्ने भएपनि ती नेताहरू आफ्नो व्यक्तिगत लाभ र स्वार्थका निम्ति एमाले कांग्रेसमा गुलामी गर्दै बसेको उनको भनाइ छ ।

यस्तै, प्रथम उपाध्यक्ष राजकिशोर यादव मुलुकमा लोकतन्त्रको नाममा दलतन्त्र र दलतन्त्रको नाममा गिरोहतन्त्र चलिरहेको बताए । जनताले लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याए पनि केही दलहरू यसलाई कमजोर बनाउने काममा लागेको उनको आरोप छ ।


Share this news
आजको रोजाइ
खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

????????????

गाई पालकहरूको संख्या घट्ने क्रम जारी

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

आजको रोजाइ