Low Fertility: Sikkim and ICMR-NIRRCH collaboration
Low Fertility: Sikkim and ICMR-NIRRCH collaboration

कम प्रजननः सिक्किम अनि ICMR-NIRRCH को सहकार्य

Share this news

सिक्किम राज्यमा घट्दो कुल प्रजनन दर (Total Fertility Rate – TFR) का कारणहरू पहिचान गर्न तथा बाँझोपन र सम्बन्धित प्रजनन स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न राज्यको स्वास्थ्य प्रणालीको तयारी मूल्याङ्कन गर्ने उद्देश्यले सिक्किम सरकारले भारतीय चिकित्सा अनुसन्धान परिषद् – राष्ट्रिय प्रजनन तथा बाल स्वास्थ्य अनुसन्धान संस्थान (ICMR-NIRRCH) सँग सहकार्यमा एक अनुसन्धान अध्ययन सञ्चालन गर्दैछ।

यस सन्दर्भमा “सिक्किममा कुल प्रजनन दर (TFR) घट्नुका प्रवृत्ति, निर्धारक तत्त्व तथा यसलाई सम्बोधन गर्न राज्य स्वास्थ्य प्रणालीको तयारीको द्रुत मूल्याङ्कन: मिश्रित विधि अध्ययन” शीर्षकको दुईदिने परियोजना समन्वय बैठक ६–७ जनवरी २०२६ मा ICMR-NIRRCH, मुम्बईमा सम्पन्न भयो।
उक्त अध्ययन ICMR-NIRRCH द्वारा वित्तपोषित छ तथा ICMR-NIRRCH र अन्तर्राष्ट्रिय स्वास्थ्य व्यवस्थापन अनुसन्धान संस्थान (IIHMR) को प्राविधिक सहयोगमा, सिक्किम सरकार र साझेदार संस्थाहरूको सहकार्यमा कार्यान्वयन भइरहेको छ। यस अध्ययनको उद्देश्य सिक्किममा प्रजनन दरका प्रवृत्ति, तिनका आधारभूत कारणहरू तथा जनसांख्यिकीय संक्रमणको सन्दर्भमा स्वास्थ्य प्रणालीको तयारीसम्बन्धी प्रमाण सङ्कलन गर्नु हो। अध्ययनबाट प्राप्त निष्कर्षहरूले प्रमाणमा आधारित नीति निर्माण तथा कार्यक्रम डिजाइनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

बैठकको अध्यक्षता डा. गीताञ्जली सचदेवा, निर्देशक, ICMR-NIRRCH ले गरेकी थिइन्। बैठकमा डा. अनुष्री पाटिल, वैज्ञानिक-एफ तथा क्लिनिकल रिसर्च डिभिजन प्रमुख, ICMR-NIRRCH तथा अध्ययनकी प्रमुख अनुसन्धानकर्ता सहित ICMR-NIRRCH र IIHMR का टोलीहरूको सहभागिता रहेको थियो।
सिक्किम सरकारको तर्फबाट श्रीमती रोहिणी प्रधान, अतिरिक्त सचिव-सह-कार्यक्रम निर्देशक, सिक्किम INSPIRES, योजना तथा विकास विभाग तथा अध्ययनकी सह-प्रमुख अनुसन्धानकर्ता सहित डा. सुरेश मदन रसाइली, अतिरिक्त चिकित्सा अधीक्षक, STNM अस्पताल; डा. न्यान्सी ल्हासुङ्पा, सहायक प्राध्यापक, समाजशास्त्र विभाग, नर बहादुर भण्डारी सरकारी कलेज, गान्तोक; सुश्री रोशनिला गुरुङ, सहायक निर्देशक, सिक्किम INSPIRES; तथा सुश्री पेडेन शेर्पा, परियोजना अनुसन्धान वैज्ञानिक सहभागी हुनुहुन्थ्यो। परियोजनाका प्राविधिक सहयोगी कर्मचारीहरूले भर्चुअल माध्यमबाट पनि सहभागिता जनाए।

बैठकमा परियोजना समन्वय प्रणाली, कार्यतालिका तथा जिम्मेवारीहरू अन्तिम रूप दिइयो। अध्ययन स्थल र तथ्याङ्क सङ्कलन उपकरणहरू स्वीकृत गरियो। साथै, ICMR-NIRRCH (मुम्बई), IIHMR (दिल्ली), ICMR-RMRCNE र सिक्किम सरकारबीच संस्थागत सहकार्यलाई औपचारिक बनाउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरियो। अब अध्ययन स्वीकृत कार्यतालिकाअनुसार क्षेत्रीय कार्यान्वयन चरणमा प्रवेश गर्नेछ। अनुगमन व्यवस्था तथा आवधिक प्राविधिक समीक्षा सञ्चालन गरिनेछ र अन्तरिम निष्कर्षहरू सरोकारवाला निकायहरूसँग साझा गरिने छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ