Looking for person poem
Looking for person poem

कविताः एउटा मान्छे खोज्दैछु

Authored By: -राम बिष्ट, पुमोङ चियाबारी, दार्जीलिङ।

Share this news

मान्छे यसैपनि
बिचार, भावना, बिवेक लिएर श्रृजिएको
सृष्टिमा पनि श्रेष्ठ ठानिएको जाति हो मान्छे।
यहि मान्छेले डाह, ईर्ष्या, रिस अनि
घमण्ड बोकेर पनि जिउँछ,
माया प्रेम बिश्वास र
मानवतावादमा पनि बाँचिरहेका हुन्छ,
म भने, मलाई पनि, म भित्रको दुःख र
सन्तापमा पनि
बाँच्न सिकाउने एउटा मान्छे खोज्दैछु।
मरेर बाँचेको मान्छेको मनासय बुझिदिने
एउटा विशाल हृदय भएको मान्छे खोज्दैछु।
हृदयभरि दुनियाँले दिएको चोटैचोटमा
महलम पट्टि गरिदिने,आइया र
आत्थाको दैनिक पीडालाई
बिर्साइदिने मान्छे खोज्दैछु।
आफन्तको अवहेलना र सन्तापमा
दिन रात लुकिछिपि झरेको आँसु पनि
पुछिदिने मान्छे खोज्दैछु।

म अब कसैलाई बोझ बोकाउन नपरोस्।
मलाई विशाल संसार चाहिएन,
मलाई माया गर्ने थोरै मान्छेसंग
हाँसेर जिउन दिने मान्छे खोज्दैछु।
रमाहट र खुसियालीको उन्मादले मातिएको होइन,
शान्तिपूर्ण भावना र प्रेमिलो भावनाले
सजिएको फगत एउटा मान्छे खोज्दैछु।
एउटा मान्छे मेरो मान्छे,
मेरो अंगालोको तृष्णा बोकेको मान्छे खोज्दैछु।
अब म उसैसित रमाउँछु दुःख परे
उस्कै हात समाउँछु। यसै खुसीमा म हराउँछु।
मैले रोजेको जीवन यसरी नै सजाउँछु,
यसरी नै म आफैमा रमाउँछु,
यस्तै बिचार भावनालाई बुझिदिने
केवल एउटा मान्छे खोज्दैछु, एउटा मान्छे खोज्दैछु।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ