बालिका दुष्कर्मको विरोधमा लङ्भ्यू परिवर्तन मुभमेण्टद्वारा गाड़ीधुरामा कार्यक्रम

Share this news

पङ्खाबारी,14 जुलाई(निसं): गत केहीदिन अघि गाड़ीधुरामा एकजना पाँच वर्षीय नाबालिमाथि भएको दुष्कर्मको विरोधमा आइतवार गाड़ीधुरामा लङ्भ्यू परिवर्तन मुभमेण्टले एक विरोध र्‍याली निकाल्नुका साथै यहाँको शहीद दुर्गामल्ल चोकमा एक सचेतना कार्यक्रमको पनि आयोजना गरिएको थियो। संस्थाका सदस्यहरूले हातमा जनचेतना मूलक अनि बालिकाको निम्ति न्यायको माग गर्दै लेखिएको प्ला कार्डहरू हातमा लिएर विरोध र्‍यालीमा भाग लिएका थिए। त्यसपछि यहाँको शहीद दुर्गामल्ल चोकमा आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी प्रमुख सेमिका लामाले आज देशको कुनै पनि क्षेत्रमा नारीहरू सुरक्षित नरहेको जनाइन्। तिनले नारीलाई पूजा गरेर मात्र नहुने जनाउँदै बरू यो समाजले सर्वप्रथम नारी उत्पीडिनलाई रोक्नु पर्ने जनाइन्। तिनले आज नारीहरू घरदेखि बाहिर निस्किनु समेत हम्मे परिरहेको अवस्था छ भन्दै यसको जिम्मेवार हाम्रो समाज पनि हो भनी जनाइन्। लामाले बेटी पढ़ाउ, बेटी बचाऊ होइन अब केटाहरूलाई शिक्षित बनाएर नारीहरूलाई सम्मान गर्न सिकाउनुपर्छ भनी बताइन्। तिनले गाड़ीधुरामा भएको बालिका दुष्कर्मको निन्दा गर्दै दोषलाई कठोर सजाय दिनुपर्छ भन्दै यसको निम्ति सबैलाई अघि आइदिने आग्रह गरिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ