लोधोमा माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालयको दर्जा

Share this news

रिम्बिक, 6 जुन(निसं): लोधोमा क्षेत्रको प्रतिष्ठावान विद्यालय लोधोमा उच्च माध्यमिक विद्यालयलाई उच्च माद्यामिक विद्यालयको दर्जा प्राप्त भएको छ। विद्यालयको तर्फबाट जारी एक विज्ञप्तिको जानकारी अनुसार, विद्यालयका संचालन समिति, प्रधान अध्यापक निरज सुब्बा, सम्पूर्ण शिक्षक  -शिक्षिकागण तथा अशिक्षण कर्मचारीवर्गको अथक प्रयास तथा क्षेत्रीय सभासद नोर्देन् शेर्पाको नेतृत्वमा नै विद्यालयलाई यो उपलब्धि प्राप्त भएको उल्लेख गरिएको छ। विद्यालय पक्षले सभासद शेर्पाको कुशल नेतृत्व, पारदर्शिता, तथा शिक्षा प्रतिको प्रतिबद्धताका कारण नै यो उपलब्धि आएको भन्दै शेर्पाप्रति आभार प्रकट गरेको छ। यसका साथै विद्यालय पक्षले विद्यालय बढोत्तरी हुनुमा सहयोग गरेका अर्का व्यक्तित्व रिम्बीक उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक विनो दकुमार राईलाई कृतज्ञता जाहेर गरेको छ।  खबरले क्षेत्रवासीले  हर्ष प्रकट गरेको छ भने अबउसो उच्च माध्यामिक विद्यालयको शिक्षा लिनको निम्ति टाडा जान नपर्ने भएकोमा ढुक्क मानेका छन्। लोधोमा क्षेत्रमा उच्च माध्यामिक विद्यालय हुन पर्ने आवश्यकतामाथि जोड दिदै विद्यालय पक्षले पहल थालेको थियो भने सभासद नोर्देन शेर्पाले पनि ठोस कदम उठाउँदै मागलाई तिब्रता दिइएको विद्यालयले विज्ञप्ति भनेको छ।


Share this news
आजको रोजाइ
खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

????????????

गाई पालकहरूको संख्या घट्ने क्रम जारी

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

आजको रोजाइ