Legal Awareness Program
Legal Awareness Program

गाडीधुरा सार्वजनिक भवनमा कानूनी सचेतना कार्यक्रम

Share this news

श्चिम बंगाल राज्य कानूनी सेवा प्राधिकरण अधिनस्थ दार्जीलिङ जिल्ला कानूनी सेवा प्राधिकरणको आयोजनामा यहाँको गाडीधुरा सार्वजनिक भवनमा शनिवार एक कानूनी सचेतना कार्यक्रम सम्पन्न गरियो। अतिरिक्त सत्र न्यायाधीश सचिव रूतप्रिया खाइबा अनि पीएलभी रिना रायले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित कलकत्ता उच्च अदालतका कार्यवाहक मुख्य न्यायाधीश तथा सलसाका कार्यकारी अध्यक्ष न्यायाधीश सुमेन सेनले चिया बगानका श्रमिकहरू तथा उनीहरूका परिवारहरूको कल्याणका निम्ति के कस्ता कानूनी सुविधाहरू छन् त्यसबारे जानकारी गराए। तिनले विशेषगरी तिनी दार्जीलिङ पहाडका चिया श्रमिक अनि तिनीहरूका नानीहरूको जीवनशैलीबारे अझ धेरै जानकारी लिन चाहने जनाउँदै आज विविध कारणहरूले चिया श्रमिक अनि तिनीहरूका परिवारका सदस्यहरूले सम्बन्धित विषयमा जानकारी नभएको कारण आफ्नो हक र अधिकारबाट वञ्चित भएको जनाए। श्री सेनले चियाबारी कतृपक्ष अनि श्रमिकहरू एकसाथ मिलेर बस्नुपर्छ भन्दै यसो गरे स्वतः चिया बगानमा शान्ति श्रृङ्खला यथावत् रहने जनाए। तिनले चिया श्रमिकहरूको पीएफ र ग्रेजुटी समस्याबारे मासिक रिपोर्ट बुझाउनुपर्छ भन्दै जसरी भए पनि श्रमिकहरूले आफ्नो अधिकार पाउनुपर्ने कानूनी प्रावधान रहेको बताए। दार्जीलिङ जिल्ला कानूनी सेवा प्राधिकरणकी स्वयं सेविका पूर्णकला थापाले कानूनी सेवा प्राधिकरण मार्फत मानिसहरूलाई के कस्ता कानूनी सेवा र सहयोग प्रदान गर्न सकिन्छ भन्नेबारे जानकारी गराइन्। तिनले कानूनी सेवा प्राधिकरण मार्फत यदि कसैले आफ्नो कानूनी लडाई विविध कारणहरूले लड्न सकिरहेका हुँदैनन् उनीहरूको लडाई निःशुल्क लडिदिने जानकारी दिँदै विशेषगरी जसको आर्थिक अवस्था एकदमै राम्रो छैन् त्यस्ताहरूलाई कानूनी साहयता प्रदान गरिने जनाइन्। थापाले मुख्य रूपले नारीहरू, बाल-बालिका, एससी, एससी तथा ओबीसीवर्ग तथा अन्यहरू जसको आर्थिक आय एकलाख बीस हजारभन्दा कम्ती छन् त्यस्ताहरू, दिव्याङ्गजनहरू, जेलमा परेकाहरू, तस्करीहरूमा परेकाहरू, प्राकृतिक दुर्घटनामा परेकाहरूले पनि कानूनी सेवा प्राधिकरणबाट सहायता लिन सक्ने जनाएकी छन्।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ