Lobsang lecture program Darjeeling
Lobsang lecture program Darjeeling

साउथफिल्डमा रिसर्च अनि डिभलपमेन्ट संकायको व्याख्यान कार्यक्रम 

Share this news

दार्जीलिङ, 20 मई(निसं): मंगलबार, साउथफिल्ड कलेजको रिसर्च अनि डिभलपमेन्ट संकायको आयोजनमा एउटा विशेष व्याख्यान आयोजना गरिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि 108 शान्ति संस्थानका संस्थापक सभापति तथा हार्वड युनिभर्सिटीका प्रोफेसर डा. लोभसाङ साङ्गेको विशेष उपस्थिति रहेको थियो भनी कलेजले जानकारी दिएकोछ। कार्यक्रमबारे कलेजको जानकारी अनुसार, डा लोभसाङ साङ्गे 108 पीस इन्स्टिच्युटका संस्थापक अध्यक्ष एवम् हावर्ड ल स्कूलमा कानून विषयका व्याख्याता हुन्। उनी तिब्बती निर्वासित सरकारका लोकतान्त्रिक रूपमा निर्वाचित सिक्योङ (राष्ट्रपति) पदमा दुई कार्यकाल (2011-2012)-सम्म रहेका हुन्।

डा. साङ्गे दिल्ली विश्वविद्यालयबाट स्नातक (बीए) तथा कानून स्नातक (एलएलबी) उपाधि प्राप्त गरेपश्चात् हावर्ड ल स्कूलबाटै एलएलएम तथा एसजेडी (2004) उपाधि प्राप्त गरेका थिए । आफ्नो उत्कृष्ट शोधप्रबन्ध तथा पूर्वी एशियाको गहन अध्ययनमा पुर्‍याएको विशिष्ट योगदानका लागि उनलाई हार्वर्ड ल स्कूलको प्रतिष्ठित योंग के. किम 95 मेमोरियल पुरस्कार प्रदान गरिएको थियो। हार्वर्डमा अध्ययनरत रहँदा उनले ट्र्याक-3 कूटनीतिक पहलको रूपमा तिब्बती, पश्चिमी तथा चिनियाँ विद्वानहरूबीच सात चरणका बैठक एवम् सम्मेलनहरूको सफलतापूर्वक आयोजना गरेका थिए । यी कार्यक्रमहरूमध्ये सर्वाधिक ऐतिहासिक महत्त्व बोकेको अवसर भनेको परमपावन दलाई लामा र पच्चीस जना चिनियाँ विद्वान् तथा विद्यार्थीहरूबीच सम्पन्न भएको प्रथम ऐतिहासिक भेटवार्ता थियो ।

साउथफिल्ड महाविद्यालयमा आयोजित कार्यक्रममा दलाई लामाको पुनर्जन्मः आध्यात्मिक उत्तराधिकार र भूराजनीतिक दाउपेच शिर्षकमा आफ्नो गहन अध्ययन प्रस्तुत गरे । कलेजको थप जानकारी अनुसार, यस वाख्यानमा केन्द्रीय विद्यालय दार्जीलिङका प्राचार्या तथा विद्यार्थी, ड्रुक साङ्चेन मोनस्ट्री, दार्जीलिङ, तिब्बती रिफ्युजी सेन्टरका प्रमुख, हिमालयन तिब्बती सङ्ग्रालयका क्युरेटर, तिब्बती युवा कङग्रेसका पदाधिकारी तथा दार्जीलिङ सरकारी महाविद्यालयका शिक्षक अनि विद्यार्थीगण उपस्थित थिए । उक्त संगोष्ठीमा प्रमुख वक्ता डा साङ्गेद्वारा  दलाई लामा उत्तराधिकारी तथा  भू-राजनीति भारत, तिब्बत र चीन सम्बन्ध विषयमा गहन विवेचना गरियो । यस व्याख्यानमा उपस्थित श्रोता जो दलाई लामाको पुनर्जन्मले भारत, तिब्बत र चीनमाथि पार्ने भू-राजनीतिक प्रभावबारे बुझ्न उत्सुक थिए । कार्यक्रमको अध्यक्षता प्राचार्य डा अनुराधा राईद्वारा गरिएको थियो । कार्यक्रममा नेपाली विभागका प्रा डा महेश प्रधानद्वारा बुद्ध शिक्षामाथि सारगर्भित वक्तव्य राखे।

कलेजको थप जानकारी अनुसार, कार्यक्रम आयोजक समितिका समन्व्यक डा गजला फरिदी थिए भने यसको सञ्चालन अंग्रेजी विभाकका प्रा श्री विनोद प्रधानले गरेका थिए । डा. साङ्गेले आफ्नो वक्तव्यका सुरुवातमा दार्जीलिङमा लामा हट्टा बस्तीमा जन्मेर यहीँ केन्द्र विद्यालयबाट बाह्रौं श्रेणी उतीर्ण , सन्तजोसेफ कलेज दार्जीलिङमा अध्ययन गरेपश्चात हावर्ड युनिवर्सिटीसम्म पुग्नुपछाडि गरिएको संघर्षबारे प्रेरणादायी विचार पोखे । यसपछि  उक्त कार्यक्रमको प्रमुख विषयमाथि ध्यानाकर्षण गराउँदै तिब्बतको प्रसङ्गमा तिब्बत 60 वर्षभन्दा बढी समयदेखि चिनियाँ नियन्त्रणमा रहेको बताए।

चीनले आफ्नो बिस्तार नीतिका कारण तिब्बतीहरूको धार्मिक गतिविधि माथि हस्तक्षेप गर्दै आएको घटना श्रोतासमक्ष प्रस्तुत गरे।   उनले हङकङ को उदाहरण पनि दिए, जहाँ एक देश, दुई प्रणाली अन्तर्गत 50 वर्षको वास्तविक स्वायत्तताको वाचा गरिएको थियो, तर बेलायतबाट हस्तान्तरणपछि चीनले त्यो प्रतिबद्धता पालना नगरेको बताए। चीन सरकारका विभेदपूर्ण नीति विरूद्ध आवज उठिरहेको जनाए।  उनका अनुसार यो  विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र बन्ने चीनको लक्ष्य रहेको र त्यसका लागि भारतजस्ता सम्भावित प्रतिस्पर्धीलाई कमजोर बनाउनुपर्ने चीनको रणनीति रहेको उनले बताए। डा. साङ्गे अनुसार, चीनले भारतलाई घेराबन्दी गर्न र उसको उदय रोक्न छिमेकी राष्ट्रहरूसँग आफ्नो सम्बन्ध सुदृढ बनाएको बताए । उनले द न्युयोर्क टाइम्सका प्रतिवेदनअनुसार चीनले वास्तविक नियन्त्रण रेखा (एलएसी) वरिपरि तथा भित्र 3 सय भन्दा बढी गाउँ निर्माण गरेको, जहाँ कङ्क्रिट सडक र हेलिप्याडहरू समेत छन्, जबकि भारत अझै सीमावर्ती पूर्वाधार विकासमा संघर्षरत रहेको बताए। उनले चीनले भूटानका केही भूभागलाई आफ्नो दाबी गर्ने तथा अरुणाञ्चल प्रदेशलाई दक्षिण तिब्बत भन्ने गरेको पनि उल्लेख गरे।

दलाई लामाको पुनर्जन्मबारे बोल्दै डा. सांगयले यसको गहिरो भू-राजनीतिक महत्त्व रहेको बताए। दलाई लामालाई केवल तिब्बतीहरूले मात्र होइन, सम्पूर्ण हिमाली क्षेत्र, मङ्गोलिया तथा रूसका तीन बौद्ध गणतन्त्रहरूमा समेत श्रद्धापूर्वक मानिने उनले बताए। नास्तिक विचारधारामा आधारित चिनियाँ कम्युनिष्ट पार्टीले यस आध्यात्मिक प्रक्रियामाथि नियन्त्रण चाहनुको कारण धार्मिक श्रद्धा नभई सम्पूर्ण बौद्ध विश्वमाथि प्रभाव जमाउने उद्देश्य भएको उनले दाबी गरे।  यसबाहेक चीनले तिब्बतलाई केवल सैनिक शक्तिबाट मात्र नभई इलिट को अप्टेसन अर्थात् बौद्धिक व्यक्तित्व, राजनीतिज्ञ, पत्रकारहरू र सर्वसाधारणलाई समेत प्रभाव वा लाभद्वारा आफ्नो पक्षमा पार्ने रणनीतिबाट कब्जा गरेको बताए। उनका अनुसार यो रणनीति केवल एशियामा सीमित छैन, अमेरिका, अष्ट्रेलिया र युरोपसम्म फैलिएको बताए ।

यसमाथि जोड दिँदै यही हो चिनियाँ विश्व व्यवस्था, स्पष्ट पारे ।
अन्त्यमा, डा. सांगयले दलाई लामाको पुनर्जन्म केवल तिब्बती धार्मिक विषय मात्र नभई चिनियाँ विश्व व्यवस्थाविरुद्धको प्रतिरोधको महत्त्वपूर्ण पक्ष भएको बताए । यसबाहेक दलाई लामाले आफ्नो पुनर्जन्म स्वतन्त्र विश्वमा, चीनबाहिर हुने घोषणा गरेको स्मरण गराए। व्याख्यानपछि प्रश्नोत्तर सत्र पनि निकै रोचक रह्यो, जहाँ सहभागी विद्यार्थीहरूले तिब्बतीको जलविद्युत परियोजना तथा यसबाट जनित भूकम्प, जानमालको नोकास्न आदिबारे प्रश्न राखे । यसबाहेक वर्तमान भू-राजनीतिक परिप्रेक्ष्यमा तिब्बतको मुद्दाबारे थप जान्न उत्सुकता व्यक्त गरे।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ