TMC candidates campaign Darjeeling
TMC candidates campaign Darjeeling

एलबी राईद्वारा चुनाउमा उत्रिएका तृकं प्रार्थीहरूलाई शुभकामना व्यक्त

Share this news

आगमी राज्य विधान सभा चुनाउमा उत्रिएका तृणमूल कंग्रेसका प्रार्थीहरूलाई हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राईले दिए शुभकामना दिए। अर्कोतिर मिरिकको थर्बु डुप्टिन समष्टि अन्तर्गत बुथ नम्बर 24/137 नाम्सुमा क्षेत्रीय सभासद मिलेश राईको उपस्थितिमा एक सांगठनिक चुनाउ सभा सम्पन्न भयो। सभामा डुप्टिन ग्राम पञ्चायतका उपप्रधान मानव सुब्बा अनि स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो भने सभामा आगामी विधानसभा चुनावलाई लिएर छलफल भएको थियो। सभामा बाेल्दै सभासद मिलेस राईले भने, तृणमूल कंग्रेसद्वारा समर्थित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले मात्र आफ्ना तीन विधानसभा क्षेत्रका लागि उम्मेद्वारहरू दिएको छ। यसक्रममा खरसाङ विधान सभा आसनबाट यसपालि भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चाले अमर लामालाई याेग्य उम्मेदवार बनाएकाे छ। हाम्रो क्षेत्रको विकासको लागि अमर लामालाई धेरै मतले विजय बनाउन सबैले कम्बर कस्ने समय आएकाे छ। पहिला यहाँको विधानसभा क्षेत्र अन्य पार्टीको हातमा थियो। तर अब हामीले नै हाम्रा उम्मेद्वारलाई विजयी गराएर गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको हात बलियो पार्न उनले आह्वान गरे। सभामा डुप्टिन ग्राम पञ्चायतका उपप्रधान मानव सुब्बा अनि स्थानीय कार्यकर्ताहरूले खरसाङ विधान सभा आसनबाट यसपालि भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चाले अमर लामालाई विजयी गराउने बताए। दार्जीलिङ विधानसभा क्षेत्रमा पनि अन्य पार्टीका विधायक थिए। यसपटक भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दिएको उम्मेद्वारालाई जिताए पहाडको तीनै विधानसभा क्षेत्रमा पार्टीका तीन विधायक अनि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई क्षेत्रको विकास गर्न सजिलो हुने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ