स्वच्छ भारत अभियानका प्रेरणादायी व्यक्ति लाजार यान्कोविचको मेरो दार्जीलिङको प्लगिङ अभियानमा 

Share this news

दार्जीलिङ,24 नोभेम्बर(निसं): स्वच्छ भारत अभियानका प्रेरणादायी व्यक्ति लाजार यान्कोविचको मेरो दार्जीलिङको प्लगिङ अभियानमा सहभागिता रहेकोछ। स्वच्छ भारत अभियानका सबैभन्दा प्रेरणादायी व्यक्तिहरू मध्ये एक सर्बियाली नागरिक लाजार यान्कोविच मेरो दार्जीलिङ अभियानद्वारा शुरु गरिएको स्वच्छ दार्जीलिङ्को परिकल्पना अनुरुप शुरु गरिएको प्लगिङ अभियानमा सहभागिता हुदै सरसफाइमा हात बडाएका छन्। विश्वभरि सफा बनाउने अभियानका सबैभन्दा प्रेरणादायी व्यक्तिहरू मध्ये एक व्यक्ति उनको उपस्थितिले मेरो दार्जीलिङले शुरु गरेको प्लगिङ वुश्वव्यापी रूपमा नै सफाईको एक सफल उदाहरणको रूपमा उदाएको छ भनी सर्बियाली नागरिक लाजार यान्कोविचले बताएका छन्।यसबारे थप जानकारी अनुसार,सर्वीया बेलग्रेडका मूल निवासी लाजार गत 2018 सालमा उनी पहिलोपटक मोडलको रूपमा भारत आए, तर पेशागत यात्राले नै उनको जीवनको मार्ग बदलिदियो। भारतको आत्मीयता, संस्कृति र प्राकृतिक सौन्दर्यले उनलाई गहिरो रूपमा छोयो, तर सडक–गल्लीमा देखिने फोहोर, अव्यवस्था र नागरिक बेवास्ताले दुखित भए। गुनासो गर्ने सट्टा उनले झाडू उठाए र आफै काम सुरु गरे। यसैबाट जन्मियो उनको व्यक्तिगत मिशन एक दिन, एक गल्ली, यस अभियानमार्फत लाजारले बेंगलुरुदेखि गुढगाउँसम्म भारतका थुप्रै शहरका गल्ली-गल्ली सफा गर्न थाले, कहिलेकाहीँ एकलै, कहिलेकाहीँ उत्सुक दर्शकहरूको बीचमा, तर सधैं सबैलाई सोच्न बाध्य पार्दै।
उनको सरल सन्देश थियो किन म सफा गर्दैछु भनेर नसोध्नुस्, किन तपाईं गर्दै हुनुन्न भनेर सोध्नुस्, जो आज हजारौँ भारतीयको मन छुने वाक्य बनेको छ। सडक बडार्दै, नाली खोल्दै, स्थानीय समुदायसँग संवाद गर्दै बनाइएका उनका भिडियोहरूले उनलाई दायित्वबोध र अनुशासनको शक्तिशाली प्रतीक बनाइदिएको छ। यसैबीच उनले, मेरो दार्जीलिङले शुरु गरिएको प्लगिङ दौडमा सहभागी हुँदै अभियानको हिस्सा बन्दै यो अभियानले दार्जीलिङम मात्रै होइन भारतको विभिन्न ठुला साना शहरहरुमा सरसफाइको एक अभियानको रूपमा उदाउने बिश्वास व्यक्त गरे। उनले अझ भनेका छन्, मलाई लाग्छ भने यो अभियानले पहाडकि रानी दार्जीलिङको पुरानो गरिमा फर्काउन महत्वपुर्ण भुमिका निभाउने छ।  अर्कोतिर आफुहरुले सानो स्तरमा शुरु गरेको अभियानले केवल क्षेत्रीय स्तरमा मात्रै होइन बिश्व स्तरमा पनि पहिचान बनाउन आफैमा महत्त्वपूर्ण भएको मेरो दार्जिलिङको पक्षमा विक्रम राईले बताए। यद्यपि, अभियानलाई स्थानीय स्तरमा पुर्‍याउन आफुहरु जमीनी रूपमा अझै सक्रिय रूपमा काम गर्ने राईले थप बताए। राईले अझ भने, लाजार एउटा महत्वपूर्ण सम्झना लिएर आएका छन जो साँचो परिवर्तन साना र निरन्तर कदमबाट सुरु हुन्छ भन्ने। दार्जीलिङ उनको उपस्थिति हामी सबैले विश्वास गर्ने एउटा कुरा झनै स्पष्ट गर्छ, यदि एउटा व्यक्तिले परिवर्तनलाई प्रेरित गर्न सक्छ, कल्पना गरौ।पुरा शहरले यस्तो कुरा सोच्न सके के गर्न सक्छ।
कार्यक्रममा मेरो दार्जीलिङ अभियानका सदस्यहरु वाहेक फेमिना मिस इन्डिया 2023 सिक्किमको प्रतिनिधि एवं राष्ट्रिय स्तरकी पौडी खेलाडी हुन् र जोनल बास्केटबल खेलाडी जान्वी शर्मा,दार्जीलिङ ल नगरपालिका अध्यक्ष, दार्जीलिङ पुलिसको पक्षमा छोवाङ भुटिया, नेपाली गल्स हाइ स्कुलकि प्रधान अध्यापिका रञ्जना प्रधानको साथमा ओकेसीत गुम्बा, प्रोजेक्ट लाइफ तथा अफ ट्राक रनिङ ग्रुपका सदस्यहरुको विशेष सहभागीता रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ