स्वच्छ भारत अभियानका प्रेरणादायी व्यक्ति लाजार यान्कोविचको मेरो दार्जीलिङको प्लगिङ अभियानमा 

Share this news

दार्जीलिङ,24 नोभेम्बर(निसं): स्वच्छ भारत अभियानका प्रेरणादायी व्यक्ति लाजार यान्कोविचको मेरो दार्जीलिङको प्लगिङ अभियानमा सहभागिता रहेकोछ। स्वच्छ भारत अभियानका सबैभन्दा प्रेरणादायी व्यक्तिहरू मध्ये एक सर्बियाली नागरिक लाजार यान्कोविच मेरो दार्जीलिङ अभियानद्वारा शुरु गरिएको स्वच्छ दार्जीलिङ्को परिकल्पना अनुरुप शुरु गरिएको प्लगिङ अभियानमा सहभागिता हुदै सरसफाइमा हात बडाएका छन्। विश्वभरि सफा बनाउने अभियानका सबैभन्दा प्रेरणादायी व्यक्तिहरू मध्ये एक व्यक्ति उनको उपस्थितिले मेरो दार्जीलिङले शुरु गरेको प्लगिङ वुश्वव्यापी रूपमा नै सफाईको एक सफल उदाहरणको रूपमा उदाएको छ भनी सर्बियाली नागरिक लाजार यान्कोविचले बताएका छन्।यसबारे थप जानकारी अनुसार,सर्वीया बेलग्रेडका मूल निवासी लाजार गत 2018 सालमा उनी पहिलोपटक मोडलको रूपमा भारत आए, तर पेशागत यात्राले नै उनको जीवनको मार्ग बदलिदियो। भारतको आत्मीयता, संस्कृति र प्राकृतिक सौन्दर्यले उनलाई गहिरो रूपमा छोयो, तर सडक–गल्लीमा देखिने फोहोर, अव्यवस्था र नागरिक बेवास्ताले दुखित भए। गुनासो गर्ने सट्टा उनले झाडू उठाए र आफै काम सुरु गरे। यसैबाट जन्मियो उनको व्यक्तिगत मिशन एक दिन, एक गल्ली, यस अभियानमार्फत लाजारले बेंगलुरुदेखि गुढगाउँसम्म भारतका थुप्रै शहरका गल्ली-गल्ली सफा गर्न थाले, कहिलेकाहीँ एकलै, कहिलेकाहीँ उत्सुक दर्शकहरूको बीचमा, तर सधैं सबैलाई सोच्न बाध्य पार्दै।
उनको सरल सन्देश थियो किन म सफा गर्दैछु भनेर नसोध्नुस्, किन तपाईं गर्दै हुनुन्न भनेर सोध्नुस्, जो आज हजारौँ भारतीयको मन छुने वाक्य बनेको छ। सडक बडार्दै, नाली खोल्दै, स्थानीय समुदायसँग संवाद गर्दै बनाइएका उनका भिडियोहरूले उनलाई दायित्वबोध र अनुशासनको शक्तिशाली प्रतीक बनाइदिएको छ। यसैबीच उनले, मेरो दार्जीलिङले शुरु गरिएको प्लगिङ दौडमा सहभागी हुँदै अभियानको हिस्सा बन्दै यो अभियानले दार्जीलिङम मात्रै होइन भारतको विभिन्न ठुला साना शहरहरुमा सरसफाइको एक अभियानको रूपमा उदाउने बिश्वास व्यक्त गरे। उनले अझ भनेका छन्, मलाई लाग्छ भने यो अभियानले पहाडकि रानी दार्जीलिङको पुरानो गरिमा फर्काउन महत्वपुर्ण भुमिका निभाउने छ।  अर्कोतिर आफुहरुले सानो स्तरमा शुरु गरेको अभियानले केवल क्षेत्रीय स्तरमा मात्रै होइन बिश्व स्तरमा पनि पहिचान बनाउन आफैमा महत्त्वपूर्ण भएको मेरो दार्जिलिङको पक्षमा विक्रम राईले बताए। यद्यपि, अभियानलाई स्थानीय स्तरमा पुर्‍याउन आफुहरु जमीनी रूपमा अझै सक्रिय रूपमा काम गर्ने राईले थप बताए। राईले अझ भने, लाजार एउटा महत्वपूर्ण सम्झना लिएर आएका छन जो साँचो परिवर्तन साना र निरन्तर कदमबाट सुरु हुन्छ भन्ने। दार्जीलिङ उनको उपस्थिति हामी सबैले विश्वास गर्ने एउटा कुरा झनै स्पष्ट गर्छ, यदि एउटा व्यक्तिले परिवर्तनलाई प्रेरित गर्न सक्छ, कल्पना गरौ।पुरा शहरले यस्तो कुरा सोच्न सके के गर्न सक्छ।
कार्यक्रममा मेरो दार्जीलिङ अभियानका सदस्यहरु वाहेक फेमिना मिस इन्डिया 2023 सिक्किमको प्रतिनिधि एवं राष्ट्रिय स्तरकी पौडी खेलाडी हुन् र जोनल बास्केटबल खेलाडी जान्वी शर्मा,दार्जीलिङ ल नगरपालिका अध्यक्ष, दार्जीलिङ पुलिसको पक्षमा छोवाङ भुटिया, नेपाली गल्स हाइ स्कुलकि प्रधान अध्यापिका रञ्जना प्रधानको साथमा ओकेसीत गुम्बा, प्रोजेक्ट लाइफ तथा अफ ट्राक रनिङ ग्रुपका सदस्यहरुको विशेष सहभागीता रहेको थियो।

Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने