अप्पर चिसोपानीदेखि घैयाबारी जाने सड़कको अनित थापाद्वारा शिलान्यास

Share this news

पङ्खाबारी, (निसं): खरसाङ खण्डको रोहिणी अप्पर चिसोपानीदेखि घैयाबारीसम्म जाने सड़क निर्माणको शिलान्यास बुधवार जीटीए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट सम्पन्न गरियो। रोहिणी अप्पर चिसोपानीमा सम्पन्न यस कार्यक्रममा प्रमुख कार्यपाल अनित थापाले मुख्य अतिथिको आसनबाट बोल्दै रोहिणीको यस बाटो साथै रोहिणी झिल जाने बाटोको निर्माण चुनाउअघि गरिदिने वचन दिएको जनाउँदै रोहिणी रत्नड्याङदेखि झीलसम्म जाने बाटो प्रायः पूर्ण हुनलागेको र यस बाटो पनि शीघ्र पूर्ण गरिने जानकारी गराए। तिनले रोहिणीमा धेरै विकास भइसकेको अवगत गराउँदै यी बाटोको निर्माणले समस्त रोहिणीवासी लगायत घैयाबारीका जनतालाई पनि सुविधा हुने बताए औ यसपल्टको चुनाउमा यहाँबाट राम्रो मत परिणाम ल्याउनु पर्ने आव्हान गरे।

सभामा केन्द्रीय महासचिव एवं भागोप्रमो खरसाङ विधानसभा प्रार्थी अमर लामाले पनि सम्बोधन गरेका थिए। तिनले यस बाटोले अब जनसाधारणको समस्या समाधान भएको जनाए। लामाले आहिले एसआईआरमा नाम डिलीट भएकाहरूका निम्ति सर्वोच्च अदालतको आदेश अनुसार रिटायर जर्जहरूको एक प्यानल बनिएर समस्याको निवारण हुने र एडजुडिकेशन आउनेहरूको पनि सप्लिमेन्ट्री लिष्टमा समाधान हुँदैजाने बताए। क्षेत्रीय कार्यकारी सभासद कल्पना प्रधानले म वीगतको लोकसभा चुनाउको प्रदर्शनले हामीलाई निराश बनाएको थियो तर यसपल्ट हामीलाई हाम्रो काम हेरेर यहाँका जनताले आवश्य साथ दिनेछन्‌‍ भनी आशा व्यक्त गरिन्‌‍। तिनले आहिले रोहिणीमा धेरै विकासका कामहरू भइरहेको अवगत गराउँदै यसको गुण फर्काउने समय अब आएको छ भनी बताइन्‌‍। प्रधानले अब पनि हामी मूर्ख हुन नहुने बताइन्‌‍।

सभामा खण्ड समिति सचिव उत्तम मुखियाले पनि वक्तव्य राखेका थिए। घैयाबारी तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबाले स्वागत सम्बोधन राखेको सभालाई दिपेन थापाले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ