Launch of Chiringpanjo Sherpa's
Launch of Chiringpanjo Sherpa's

छिरिङपाञ्जो शेर्पाको कृति ‘मरूभूमिको देशमा’ लोकार्पण

Share this news

छिरिङ पाञ्जो शेर्पाको पाँचौं कृति मरूभूमिको देशमा’ (यात्रा संस्मरण)
देन्तामको जलपा देवी मन्दिरमा बुधबार अनौठो र ऐतिहासिक लोकार्पण गरियो।
सिक्किमेली नेपाली साहित्यका स्थापित स्रष्टा तथा मिरमिरे साहित्य मञ्च देन्तामका अध्यक्ष छिरिङ पाञ्जो शेर्पाद्वारा लिखित यात्रा–संस्मरण कृति ‘मरूभूमिको देशमा’ को लोकार्पण कार्यक्रम देन्तामस्थित जलपा देवी मन्दिरमा गरिएको थियो। धार्मिक आस्था र साहित्यिक चेतनालाई एकै सूत्रमा बाँध्दै गरिएको यो लोकार्पण कार्यक्रम साहित्यिक इतिहासमै दुर्लभ र सम्भवतः पहिलो प्रयासका रूपमा लिइएको छ। जलपा देवी मन्दिरमा विधिवत् पूजा–अर्चनासहित सम्पन्न कार्यक्रममार्फत पुस्तक विमोचन गरिएको हो। साहित्यलाई केवल बौद्धिक कर्म मात्र नभई साधनाका रूपमा पनि हेर्ने दृष्टिकोणलाई यस कार्यक्रमले उजागर गरेको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा मिरमिरे साहित्य मञ्च देन्तामका सल्लाहकार माधव भण्डारी, उपाध्यक्ष अरुण बस्नेत, सचिव सन्तकुमार खतिवडा, प्रचार सचिव केएन शर्मा, सन्जु शर्मा तथा पण्डित गोपाल मिश्रले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए। उपस्थित साहित्यप्रेमीहरूले छिरिङपाञ्जो शेर्पालाई साहित्यका शेर्पाका रूपमा सम्बोधन गर्दै उनको निरन्तर सृजनात्मक यात्राको प्रशंसा गरेका थिए। ‘मरूभूमिको देशमा’ छिरिङ पाञ्जो शेर्पाको पाँचौं प्रकाशित कृति हो। यसअघि उनका भाले–डाक, छिरिङ पाञ्जोका व्यंग्य रचनाहरू, अदृश्य घरहरू र हिउँ परेको साँझ जस्ता कृतिहरू पाठकमाझ लोकप्रिय भइसकेका छन्। यात्रा–संस्मरण विधामा आधारित यस नयाँ कृतिले भौगोलिक यात्रा मात्र होइन, सांस्कृतिक अनुभूति, मानवीय संवेदना र आत्मअन्वेषणको यात्रा पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
साहित्य, शिक्षा र सम्पादन क्षेत्रमा दीर्घ योगदान दिएका छिरिङ पाञ्जो शेर्पा शिक्षा विभाग, सिक्किम सरकारका सेवा–निवृत्त संयुक्त निर्देशक हुन्। उनी विभिन्न साहित्यिक पत्रिका सम्पादनदेखि लिएर आकाशवाणी गान्तोकबाट कथाहरू प्रसारणसम्म सक्रिय रहँदै आएका स्रष्टा हुन्। उनका योगदानका लागि राष्ट्रिय तथा प्रादेशिक स्तरमा थुप्रै सम्मान र अभिनन्दन प्राप्त भइसकेका छन्।
मन्दिर परिसरमा सम्पन्न लोकार्पण कार्यक्रमले साहित्य र अध्यात्मबीचको आत्मीय सम्बन्धलाई उजागर गर्दै सिक्किमेली साहित्यिक परम्परामा नयाँ अध्याय थपेको सहभागीहरूको निष्कर्ष थियो। साहित्यकार शेर्पाले यो पाँचौ संस्मरणलाई आफ्नो परिवारिक बिदेश भ्रमणको यात्रामा तयार पारेका हुन् भने आफ्नी एउटी साली स्वर्गीय सबिता लामाप्रति समर्पण गरेको बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ