Gobardhan Bastola Tribute Sikkim
Gobardhan Bastola Tribute Sikkim

साहित्यका स्व गोबरधन बासतोलाको सम्झनामा भावपूर्ण शोक सभा सम्पन्न

Share this news

शब्दका साधक, संवेदनाका शिल्पी तथा नेपाली साहित्यका समर्पित हस्ताक्षर स्वर्गीय साहित्यकार गोबरधन बासताेलाको सम्झनामा आज गेजिङस्थित पश्चिम सिक्किम साहित्य प्रकाशनको कार्यालयमा एक भावपूर्ण शोक सभा सम्पन्न भयो। साहित्यप्रेमी, स्रष्टा तथा शुभेच्छुकहरूको उपस्थितिले सभास्थल केही क्षणका लागि भावनाले भरिएको साहित्यिक तीर्थझैँ बनेको थियो। स्वर्गीय बासतोलाको गत ५ मई २०२६ का दिन निधन भएपछि नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको अनुभूति गर्दै सहभागीहरूले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा उपस्थित सबैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरेका थिए भने शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। सभामा वक्ताहरूले स्व. बासतोलाले साहित्य, भाषा र समाजप्रति पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँलाई सरल, सिर्जनशील र साहित्यप्रेमी व्यक्तित्वका रूपमा चित्रण गरे। उहाँका लेख, विचार र साहित्यिक यात्राले भावी पुस्तालाई सदैव प्रेरणा दिने विश्वास व्यक्त गरियो।

विशेषत पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा प्रकाशित स्रष्टा पत्रिकाको सम्पादनमार्फत उहाँले नेपाली साहित्यलाई नयाँ उचाइ दिन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा गरिएको थियो। शोक सभामा पद्मश्री केदार गुरूङ, दलमान मुखिया ‘पीर’ चन्द्रलाल गुरूङ, दिनेश शर्मा, मधु शर्मा, धिरज राई, धनसिंह विश्वकर्मा, हर्क शंकर, नरमाया गुरूङ, डा. डिल्लीराम नेपाल लगायत अन्य साहित्यप्रेमी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले स्व. गोबरधन बासतोलाको सम्झनालाई अझ जीवन्त बनाउँदै उहाँप्रतिको सम्मान र श्रद्धालाई गहिरो बनाएको अनुभूति गराएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ