पहाड़का चियाबारीहरूमा समस्याको थुप्रो आन्दोलनको तयारीमा श्रमिक स‌ङ्गठनहरू

Share this news

दार्जीलिङ,१७ नोभेम्बर (निस)): दशैं र तिहारको कारण अल्झिएको चिया बगानका विविध मुद्दा र मागहरू अब पुनः उठ्ने सम्भावना छ।(पहाड़का श्रमिक सङ्गठनहरूले यस्तै सङ्केत दिइरहेका छन्। सबै
———————————————————————————————————————————————–
श्रमिकहरूको पीएफ, ग्रेच्यूटी, फौलाई, न्यूनतम हाजिरा, बन्द बगानहरू खोल्नेलगायत २०२३-२०२४-को रहल ४ प्रतिशत बोनस।
———————————————————————————————————————————————–
कतिपय बगानमा श्रमिक अनि स्टाफ र सब-स्टाफहरूले काम गरेर पनि समयमा खर्च, तलब पाइरहेका छैनन्।
———————————————————————————————————————–
मालिकपक्षले रहल ४ प्रतिशत बोनस दिने इच्छा देखाएको छैन)
———————————————————————
श्रमिक सङगठनहरूले बैठक बसेर चियाबारीका विविध समस्याहरू उठाउने निधो गरेका छन्। यस कुन्सको पुष्टि क्रामाकपा श्रमिक सङ्गठनका केन्द्रीय महासचिव तथा जोइण्ट फोरम पहाड़ समितिका प्रवक्ता सुनिल राईले गरेका छन्। उनले बताएअनुसार अब आउने दिनमा सबै श्रमिक सङ्गठनहरूले सभा गर्नेछन् र त्यसपछि बगानका मुद्दाहरू उठान गरिनेछ। माग पूरा नभए आन्दोलन गर्नबाहेक अर्को विकल्प नरहेको कुरा श्रमिक सङ्गठनहरूको भनाइ छ। श्रमिक सङ्गठनहरूले उठाउने तयारी गरिरहेका मुद्दाहरूमा चिया कमानका श्रमिकहरूको पीएफ, ग्रेच्यूटी, फौलाई, न्यूनतम हाजिरा, बन्द बगानहरू खोल्नेलगायत २०२३-२०२४-को रहल ४ प्रतिशत बोनसको कुरा प्रमुख रहेको छ। यी सबै मागहरूहरूमध्ये धेरैजसो नै विगत धेरै वर्षदेखि श्रमि क सङ्गठनहरूले गर्दै आइरहेका मागहरू हुन् जुन एउटै पनि पूरा भएको छैन। चिया श्रमिकहरूको समस्या समाधानको निम्ति सबै
श्रमिक सङ्गठनहरू एक हुनु आवश्यक रहेको सुनिल राईको भनाइ छ। पहाड़का धेरैवटा चिया बगानहरूको अवस्था खस्किँदै गइरहेको छ। कतिपय बगानमा श्रमिक अनि स्टाफ र सब-स्टाफहरूले काम गरेर पनि समयमा खर्च, तलब पाइरहेका छैनन्। न्यूनतम हाजिरा लागू गनार्थ गठन गरिएको मिनिमम वेज एडभाइजरी कमिटीले वर्षों बितिसक्दा पनि कुनै ठोस काम गर्न नसक्दा उक्त कमिटीको भूमिकामाथि पनि प्रश्नहरू उठिरहेको छ। कतिपय बन्द बगानका श्रमिकहरूले फौलाई पाउन सकिरहेका छैनन्। पहाड़का धेरैवटा बगानहरू बन्द अवस्थामा छ। सरकारले हस्तक्षेप गरेर बन्द बगानहरू खोलिनुपर्ने माग श्रमिक सङ्गठनहरूको छ, तर सरकार पक्षले भने यस कुरालाई गम्भीरतापूर्वक लिएको देखिएको छैन। श्रमिकहरूले पाउनुपर्ने रहल ४ प्रतिशत बोनसको कुरा पनि थाँतीमा नै छ। श्रमिक सङगठनहरू ४ प्रतिशत बोनस छोड्ने पक्षमा छैनन् भने मालिकपक्षले पनि रहल ४ प्रतिशत बोनस दिने इच्छा देखाएको छैन। यसैले रहल ४ प्रतिशत बोनस श्रमिकहरूले पाउला के भन्ने प्रश्न पनि उठिरहेको छ। यसको साथै चिया बगानहरूमा एकपछि अर्को समस्याहरू थपिंदै गइरहेको छ। यसको कारण पहाड़का चिया बगानहरूको सुरक्षित भविष्य लिएर नै प्रश्न उठ्न थालेको देखिन्छ। चिया बगानहरूमा यस्ता धेरै समस्याहरू छन्, जसको समाधान निस्किए मात्र बगानको अवस्थामा सुधार आउन सक्छ, नत्र चिया बगानहरूको अझै सोचनीय भएर जाने प्रबल सम्भावना छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ