Labor Minister to call tripartite meeting to resolve Longview issue
Labor Minister to call tripartite meeting to resolve Longview issue

श्रम मन्त्रीले लङभ्यूको समस्या समाधान गर्न त्रिपक्षीय बैठक बोलाउने

Share this news

राजेश चौहानको बगानसँग सम्बन्धित छ वटा ट्रेड युनियनका प्रतिनिधिहरू, क्षेत्रीय सभासद कल्पना प्रधान तथा पञ्चायत प्रतिनिधि मणिराज डुम्जनले हालै श्रम मन्त्री मलय घटकसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए। उक्त भेटघाट कोलकातामा सम्पन्न भएको हो। बैठक सम्पन्न भएपछि राजेश चौहानले कोलकाताबाट जानकारी दिँदै भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए। उनका अनुसार मन्त्री महोदयले यसअघि नै जीटीएका मुख्य कार्यपाल अनित थापाले विषयबारे जानकारी गराइसकेको उल्लेख गरेका थिए।

राजेश चौहानले थप जानकारी दिँदै मन्त्री घटकको सुझावअनुसार एक हप्ताभित्र कोलकातामै मन्त्रीस्तरीय त्रिपक्षीय बैठक आह्वान गरिने बताए। उक्त बैठकमा चिया बगानका मालिक पक्ष, ट्रेड युनियनका प्रतिनिधि तथा सरकार पक्षका प्रतिनिधिहरू उपस्थित रहनेछन्। सोही मन्त्रीस्तरीय बैठकमा चिया बगानको सञ्चालनसम्बन्धी अन्तिम तथा चुडान्त निर्णय सुनाइने मन्त्रीले प्रतिनिधि मण्डललाई अवगत गराएका छन्।

उल्लेखनीय छ कि लङभ्यू चियाबगानको सञ्चालन विगत केही समयदेखि विभिन्न कारणले अस्थिर बन्दै आएको छ। यस अस्थिरताका कारण श्रमिक तथा सम्बन्धित पक्षहरू चिन्तित बनेका छन्। यही समस्याको समाधान खोज्ने उद्देश्यले केही दिनअघि बगान सञ्चालनसँग सम्बन्धित छ वटा ट्रेड युनियनका प्रतिनिधिहरूले जीटीएका मुख्य कार्यपाल अनित थापासँग भेटघाट गरेका थिए।

त्यस अवसरमा अनित थापाले जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गरी कोलकाता गई श्रम मन्त्रीसँग प्रत्यक्ष भेटेर विषय उठान गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार प्रतिनिधि मण्डल कोलकाता पुगेको र श्रम मन्त्रीसँग विस्तृत छलफल सम्पन्न भएको हो।

अब प्रस्तावित मन्त्रीस्तरीय त्रिपक्षीय बैठकबाट लङभ्यू चियाबगानको सञ्चालनबारे स्पष्ट निर्णय आउने अपेक्षा गरिएको छ। श्रमिक, मालिक तथा सरकार पक्षबीच हुने उक्त बैठकलाई समस्याको स्थायी समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ