श्रमिकहरुको निम्ति हामी सडक आन्दोलन देखि भोक हडताल गर्न सम्म यसपटक पछि पर्ने छैनौ।हामी सदेव चियाबगान श्रमिकहरुको हित र उनीहरुको अधिकारको निम्ति कार्य गर्ने गर्छौ।तथापि कतिपय नेताहरू जो श्रमिक हितमा नभई मालिक पक्षको हितमा उभिने गर्छ ।जसको कारण हामीले गरेको अथक संघर्ष र परिश्रम हाम्रैहरुले गर्दा माटोमा मिल्छ। उनले नाम नलिइ भने पोहोर सालको बोनस वैठकमा सबै श्रमिक संगठनको नेताहरु एक भएर मालिक पक्षसंग लडिरहेको बेला एउटा नेताले अचानक आएर मालिक पक्ष लिँदै 16- प्रतिशत भनेपछि त्यो संघर्ष बिफल बनेको थियो।त्यसपछि पनि उनले फस्ट फ्लस टिप्नु अघि मालिक पक्षले आगामी बोनसको छिनाफाना भएको हुनुपर्छ भनेर हामी सबै श्रमिक संगठनहरुले मालिक पक्ष संग दबाव सृजना गर्ने माहौल बनाएका थियो । उनले अझ भने, तर त्यो समय पनि त्यै नेताले अघि आएर मालिकको पक्ष लिदै फस्ट फ्लस टिप्नु नदिए मालिक पक्षलाई ठुलो नोक्सानी हुने बताउदै जबरन उनले श्रमिकहरुलाई फस्ट फ्लस टिप्नुको निम्ति मानसिक दबावको सृजना गरेका थिए।डीके गुरुङले चेतावानी दिँदै भने खबरदार यसपालि यस्ता मालिक पक्षको प्यारो नेताहरुले बिचमा आएर हाम्रो संघर्ष माथि पानी नफेरिदिउन। अन्तमा गुरुङले भने यस पटक हामी कुनै नेताको कुरा सुन्ने छैनौ समर्थन गर्ने पनि छैनौ हामी यसपालिको बोनस 20 प्रतिशत अनि पोहरको रहल 4 प्रतिशतको बोनसको निम्ति सडक आन्दोलन सम्म निस्किन तयार छौ।
