खरसाङमा जगन्नाथ रथयात्रा भव्यताको साथमा निकालियो

Share this news

खरसाङ, 27 जून (मोहन प्रसाद):अ प्रत्येक वर्ष झैं यस वर्ष पनि खरसाङमा भगवान श्री जगन्नाथको रथ यात्रा भव्य रुपमा निकालियो। वषौँदेखि खरसाङमा भगवान श्री जगन्नाथको रथ यात्रा यहाँको जगदीश मन्दिर वा जगन्नाथ मन्दिरको पक्षबाट आयोजना हुने गरेको थियो भने विगत लगभग एक दशकदेखि अखण्ड हरि संकीर्तन् समितिद्वारा भव्यरूपमा आयोजन गरिने गरिन्छ। उक्त समितिद्वारा खरसाङ वरिपरि रहेका लगभग सबै सनातन धर्मका पालनकर्ता वा विभिन्न मन्दिरका पुरोहित साथै सनातन धर्मका अनुयायीहरूलाई लिएर, विभिन्न जात गोष्ठि एक भएर पूर्ण आस्था अनि विश्‍वासको साथमा भगवान श्री जगन्नाथ रथ यात्राको आयोजना गरिन्छ। विगत केही वर्षदेखि भगवान श्री जगन्नाथको रथ यात्रा खरसाङमा अति भवयतापूर्वक आयोजना गरिने गरिएको छ। आज शुक्रवार पनि विभिन्न सनातन धर्मका प्रतिनिधि, सदस्यहरू साथै विभिन्न मन्दिर अनि सनातन धर्मका संगठनहरूको सहभागितामा भगवान श्री जगन्नाथको रथ यात्रा आयोजना गरियो। खरसाङ जगदीश मन्दिरका पुरोहित आनन्द पारेखले बताए अनुसार, खरसाङ स्थित श्री जगन्नाथ मन्दिर एउटा प्राचीन मन्दिर हो, जसको स्थापना लगभग 270 वर्ष अघि भएको बताइन्छ। वर्तमानमा जुन रथको प्रयोग गरेर भगवान श्री जगन्नाथको रथ यात्रा निकालिने गरिन्छ उक्त रथको आयु 170 वर्ष पुगिसकेको छ। उक्त रथको निर्माण गोयन्का एण्ड कम्पनी द्वारा गरिएको थियो । उक्त रथ पनि आफूमा एउटा हेरिटेज रहेको तिनले बताए । तिनले यो पनि जनाए कि लगभग 10 वर्ष अखण्ड हरि संकीर्तन समिति खरसाङको ब्यानरमा रथ यात्राको आयोजन हुने गरेको छ साथै प्रत्येक वर्ष नै रथ यात्रा अझ अधिक भव्यतासंग आयोजना भइरहेको छ एवं भक्तजनहरूको उपस्थिति पनि धेरै बढ़दै गएको छ। आजको रथ यात्रामा विशेष महा आरतीको आयोजन भएको थियो भने उक्त विषयमा जानकारी गराउँदै आचार्य केशव मिश्रले जनाए अनुसार, भगवान श्री जगन्नाथ रथ यात्राको अवसरमा विशेष महा आरतीको गरिएको थियो । यात्राको अवधि महा आरती तीन वटा विभिन्न स्थानमा सम्पन्न गरिएको थियो। यस अवधि पत्रकारहरूसित बोल्दै अखण्ड हरि संकीर्तनका प्रतिनिधि राजेन्द्र प्रसाद अग्रवालले भने, हामी असार शुक्ल पक्षको द्वतीय तिथिमा भगवान जगन्नाथ आफ्नो छेमाको घरमा गएको बताइन्छ। यस अवधि भगवान त्यहाँ सात दिन बस्ने गर्छन्। भगवान आफ्नो छेमाकोमा जाँदा नगर परिक्रमा गर्दै जाने गर्छन्। भगवानको नगरपरिक्रमाको अवधिमा मानिसहरूले भगवानको आशीर्वाद लिने गर्छन्। आज खरसाङमा हामी सबै मिलेर भगवान जगन्नाथको रथ यात्राको आयोजना गरेका छौँ र सबैले भगवानको आशीर्वाद र प्रसाद ग्रहण गरेका छौँ।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ