खरसाङमा जगन्नाथ रथयात्रा भव्यताको साथमा निकालियो

Share this news

खरसाङ, 27 जून (मोहन प्रसाद):अ प्रत्येक वर्ष झैं यस वर्ष पनि खरसाङमा भगवान श्री जगन्नाथको रथ यात्रा भव्य रुपमा निकालियो। वषौँदेखि खरसाङमा भगवान श्री जगन्नाथको रथ यात्रा यहाँको जगदीश मन्दिर वा जगन्नाथ मन्दिरको पक्षबाट आयोजना हुने गरेको थियो भने विगत लगभग एक दशकदेखि अखण्ड हरि संकीर्तन् समितिद्वारा भव्यरूपमा आयोजन गरिने गरिन्छ। उक्त समितिद्वारा खरसाङ वरिपरि रहेका लगभग सबै सनातन धर्मका पालनकर्ता वा विभिन्न मन्दिरका पुरोहित साथै सनातन धर्मका अनुयायीहरूलाई लिएर, विभिन्न जात गोष्ठि एक भएर पूर्ण आस्था अनि विश्‍वासको साथमा भगवान श्री जगन्नाथ रथ यात्राको आयोजना गरिन्छ। विगत केही वर्षदेखि भगवान श्री जगन्नाथको रथ यात्रा खरसाङमा अति भवयतापूर्वक आयोजना गरिने गरिएको छ। आज शुक्रवार पनि विभिन्न सनातन धर्मका प्रतिनिधि, सदस्यहरू साथै विभिन्न मन्दिर अनि सनातन धर्मका संगठनहरूको सहभागितामा भगवान श्री जगन्नाथको रथ यात्रा आयोजना गरियो। खरसाङ जगदीश मन्दिरका पुरोहित आनन्द पारेखले बताए अनुसार, खरसाङ स्थित श्री जगन्नाथ मन्दिर एउटा प्राचीन मन्दिर हो, जसको स्थापना लगभग 270 वर्ष अघि भएको बताइन्छ। वर्तमानमा जुन रथको प्रयोग गरेर भगवान श्री जगन्नाथको रथ यात्रा निकालिने गरिन्छ उक्त रथको आयु 170 वर्ष पुगिसकेको छ। उक्त रथको निर्माण गोयन्का एण्ड कम्पनी द्वारा गरिएको थियो । उक्त रथ पनि आफूमा एउटा हेरिटेज रहेको तिनले बताए । तिनले यो पनि जनाए कि लगभग 10 वर्ष अखण्ड हरि संकीर्तन समिति खरसाङको ब्यानरमा रथ यात्राको आयोजन हुने गरेको छ साथै प्रत्येक वर्ष नै रथ यात्रा अझ अधिक भव्यतासंग आयोजना भइरहेको छ एवं भक्तजनहरूको उपस्थिति पनि धेरै बढ़दै गएको छ। आजको रथ यात्रामा विशेष महा आरतीको आयोजन भएको थियो भने उक्त विषयमा जानकारी गराउँदै आचार्य केशव मिश्रले जनाए अनुसार, भगवान श्री जगन्नाथ रथ यात्राको अवसरमा विशेष महा आरतीको गरिएको थियो । यात्राको अवधि महा आरती तीन वटा विभिन्न स्थानमा सम्पन्न गरिएको थियो। यस अवधि पत्रकारहरूसित बोल्दै अखण्ड हरि संकीर्तनका प्रतिनिधि राजेन्द्र प्रसाद अग्रवालले भने, हामी असार शुक्ल पक्षको द्वतीय तिथिमा भगवान जगन्नाथ आफ्नो छेमाको घरमा गएको बताइन्छ। यस अवधि भगवान त्यहाँ सात दिन बस्ने गर्छन्। भगवान आफ्नो छेमाकोमा जाँदा नगर परिक्रमा गर्दै जाने गर्छन्। भगवानको नगरपरिक्रमाको अवधिमा मानिसहरूले भगवानको आशीर्वाद लिने गर्छन्। आज खरसाङमा हामी सबै मिलेर भगवान जगन्नाथको रथ यात्राको आयोजना गरेका छौँ र सबैले भगवानको आशीर्वाद र प्रसाद ग्रहण गरेका छौँ।


Share this news
आजको रोजाइ
खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

????????????

गाई पालकहरूको संख्या घट्ने क्रम जारी

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

आजको रोजाइ