खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, 14 जुलाई(निसं): खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङको गिध्द पहाडस्थित सन्त एन्थोनी स्कूलमा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री, एएसआई राकेश गजमेर, उपास राई,स्वेता मण्डल लगायत अन्यहरु उपस्थित रहेका थिए। यस ट्राफिक सचेतना कार्यक्रमलाई स्कूलको तर्फबाट शिक्षक सुजित मुखर्जीले सञ्चालन गरेका थिए। यस कार्यक्रममा खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले विद्यार्थी नानीहरुलाई सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक सुरक्षा विषयमा सचेतना गराएका थिए। उनले विद्यार्थीहरुले आफ्नो युनिफर्ममा बाइक र स्कुटी नचलाउने सुझाव दिएका छन् भने चलाए पनि लाइसेन्स हुनु पर्ने र अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने साथै तीनजना चढेर नकुदाउनु पर्ने विषयमा सचेत गराएका छन्। उनले विद्यार्थी नानीहरुलाई ड्रग्सको विषयमा पनि सचेतना गराएका थिए। उनले ड्रग्समाथि बोल्दै भने, ड्रग्स सेवनले जेल पनि हुनसक्छ। नानीहरुले भविष्य निर्माण गर्नुपर्छ तर ड्रग्सको कुलतमा पर्नु हुँदैन। नानीहरुले आफ्नो लक्ष्यलाई हेरेर अघि बढ्नु पर्छ तर अभिभावकहरुलाई आईफोन, बाइक स्कुटी किनि मग्नुभन्दा भविष्य निर्माण गर्नु अघि बढ्नुपर्छ। कार्यक्रममा एएसआई राकेश गजमेरले पनि ट्राफिक सचेतना विषयमा सचेतना गराएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ